Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८० · 0
श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै
110
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवार देखि सञ्चालन हुने भएको छ । शनिवार हुने जेष्ठ नागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनकोे अवसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको शुभारम्भ गरिने भएको हो ।
साधारण सभा तथा अधिवेशनको अवसरमा २५ जना जेष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याईने केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी गराउनु भयो ।
अधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष पाण्डेले हाल २५ जना जेष्ठ नागरिकलाई संरक्षण गर्न सकिने र भविष्यमा १ सय ३० जना जेष्ठ नागरिकलाई संरक्षण दिने उद्देश्य रहेको बताउनु भयो ।
गुल्मेली सम्र्पक समाज रुपन्देहीले स्थापना गरेको श्रृङ्गेश्वर धाम परिसरमा जेष्ठ नागरिकलाई बृद्ध मन्टेश्वरीका रुपमा संरक्षण गर्नकालागि सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । ७० वर्ष उमेर पुगेका तिलोत्तमा र बुटवल नगरपालिका भित्रका जेष्ठ नागरिकलाई मात्र प्राथमिकतामा राखेर काम गर्ने उद्देश्यले भवन निर्माण गरिए पनि अहिलेसम्म २० जना जेष्ठ नागरिकले मात्र आफ्नो नामदर्ता गरेको केन्द्रका अध्यक्ष पाण्डेले बताउनु भयो ।
५ करोडको अक्षयकोष स्थापना गर्न सकेमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि सहज हुने भए पनि अहिलेसम्म अक्षयकोषमा जम्मा १२ लाख ५० हजार मात्र संकलन भएको केन्द्रले जनाएको छ । जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
साधारण सभा तथा अधिबेशनको अवसरमा मिलन केन्द्रले जेष्ठ नागरिकलाई लक्षित गरी निशुल्क बृहत्त स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ ।
देवदह मेडिकल कलेजको प्राविधिक सहयोग तथा जेष्ठ नागरिक मिलन केन्द्र र रोटरी क्लव अफ बुटवलको आयोजनामा शनिवार विहान हुने स्वास्थ्य शिविरमा छाला, प्रसुति तथा स्त्री रोग, एसजी, औषधी विज्ञान लगायतका विशेषज्ञवाट सेवा प्रदान गरिने देवदह मेडिकल कलेजका डाक्टर हिरालाल धामीले बताउनु भयो ।
साधारण सभाकै अवसरमा श्रृङ्गेश्वर धाम परिसरमा स्थापना गरिएको जेष्ठ नागरिक मिलन केन्द्रका सोचकर्ता स्वर्गीय खेम पुनको शालिकको पनि अनावरण गर्ने कार्यक्रम तय भएको छ ।
समारोहमा प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्रमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ तिरेर १ सय १ जना आजिवन सदस्य र २३ जना संस्थापक सदस्य बनेका छन् ।

≪ Previous Post

युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा

Next Post ≫

नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क