Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0
युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा
100
SHARES
ShareTweet

पाल्पा । नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई पराजय गरेको खुशीयालीमा पाल्पाको तानसेनमा ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । गोरखाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथ यात्रा निकालिएको हो ।
यस वर्षको भगवती रथ यात्रा २ सय ३ औं संस्करण हो । तत्कालिन पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१÷०७२ मा बुटवलको जीतगढीमा भएको अंग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं.१८७७ देखि निरन्तर रुपमा प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउने परम्परा चल्दै आएको छ ।
सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर ंिसहं थापाले घरेलु हात हतियारको बलमा युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको हो । विजय उत्सवको रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन भगवतीको जात्रा सञ्चालन हुँदै आएको छ ।
यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । अंगे्रज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ । रथ यात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राना र कर्णेल उजिर सिंह थापाका नाती तथा पलाती सहित हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो । जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था, स्थानीय बिभिन्न समूहहरु रथ यात्रासँगै सदरमुकाम तानसेन परिक्रमा गरेका थिए ।
रथ यात्रालाई भजनकिर्तन, पञ्चेबाचा, सहितको साँस्कृतिक झाँकी ¥यालीले तानसेन नगर परिक्रमा गराइएको थियो । जात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए । राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा दिएको थियो ।
भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बढाईका साथ मूर्तीलाई रथमा राखेर नगर परिक्रमा गराइएको हो । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको थियो भने सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा सहभागि भएका थिए । जात्रामा विद्यार्थी र शिक्षकहरु समेत सहभागी भएका थिए । धार्मिक संघ संस्थाका झांकीका साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले जानकारी गराउनु भयो ।
नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष पनि निरन्तरता दिइएको हो । विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथ यात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो ।
बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरे अनुसार यो जात्रा मनाउने गरिएको किंवदन्ती रहेको छ । ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरतासँग जोडिएको भए पनि यो पाल्पा जिल्लामा मात्र सिमित बन्न पुगेको छ ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा चार लाख बढिको अवैध चामल र चिनी सहित पिकअप नियन्त्रणमा

Next Post ≫

श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क