भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा चार लाख तीस हजार मुल्य वरावरको चामल र चिनी वरामद गरेको छ । आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिस समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।
प्रहरी टोलीले यही भदौ १९ गते जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ५ बुचीबाट अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी ल्याई सडक छेउमा थुपारी राखेको अवस्थामा अन्दाजी ८२ हजार ५०० मुल्य बराबरको ५५ वोरा चामल वेवारिसे अवस्थामा फेला पारी स्थानीय मानिसहरुको रोहवरमा बरामद गरेको हो ।
प्रहरी टोलीले यही भदौ २१ गते जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ५ पट्खौली मा जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को राम प्रसाद ढकालले चलाएको लु १ च ७२९० नं.को पिकअप गाडीमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी गरी ल्याउदै गरेको १९ बोरा चिनी गाडी सहित बरामद गरेको छ । प्रहरी टोलीले ३ लाख ४७ हजार ५०० मुल्य वरावरको चिनी, चामल, गाडी तथा मानिस आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको छ ।