Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ ४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0
४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण
110
SHARES
ShareTweet

बुटवल । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।
बुटवल–७ बी.पी. बाटिकामा रहेको बी.पीको अर्धकदको शालिकमा आज बिहान माल्यार्पण गरिएको हो । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७ ले ४१ औं बी.पी. स्मृति दिवस र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर बी.पी.को शालिकमा माल्यार्पण गरिएको हो ।
माल्यार्पण कार्यक्रममा बी. पी. कोईराला अध्ययन प्रतिष्ठानका कार्यबाहक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बी.पी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेसजनका लागि मार्गदर्शन रहेको बताउनु भयो । बी.पी.को मार्गदर्शनलाई हरेक काँग्रेस जनले पार्टी जीवनमा अबलम्बन गर्दै आजैका दिनदेखि गुट उपगुटलाई छोडेर सबैले पार्टी एकतामा जोड दिनुपर्ने बताउनु भयो ।
बी.पी. स्मृति दिवस, बी.पी. जयन्ती, राष्ट्रिय मेलमिलाप तथा एकता दिवस लगायतका अवसरमा प्रतिष्ठानले छलफल, अन्तरक्रिया, गोष्ठि तथा अन्य रचनात्मक कार्यक्रम गर्दै आएको कार्यवाहक अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव खिमानन्द भट्टराईलगायतले बी.पी.ले अवलम्बन गरेको मेलमिलाप तथा एकताको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको धारणा राख्नुभएको थियो ।
माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, पार्टीका महाधिबेशन प्रतिनिधि, प्रदेश तथा जिल्ला सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले ४१ औं बी.पी. स्मृति दिवसकै अवसरमा शनिवार सांझ बी.पी. बाटिकामा दीपावली गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सहसचिव दिनानाथ गिरीले जानकारी गराउनु भयो ।
बी.पी.स्मृति दिवसकै अवसरमा नेपाली कांगे्रस रुपन्देहीले तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण, बुटवल नगर समितिले बुटवल बी.पी. चोक स्थित बी.पी.को शालिकमा माल्यार्पण, क्षेत्रीय समिति क्षेत्र नं. १ रुपन्देहीले विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका छन् ।

≪ Previous Post

बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

Next Post ≫

४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क