Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0
४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड
130
SHARES
ShareTweet

तिलोत्तमा । बी.पी.स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षरोपण गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा काँग्रेस रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं. ११ भू.पू. सैनिक स्थित सुखौरा हरियाली सामुदायिक बन उपभोक्ता समूहको भवन निर्माणस्थल परिसरमा बृक्षरोपण गरेको हो ।
बृक्षरोपण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले काँग्रेस कमजोर हुँदा देशको भविष्य पनि अन्यौल देखिएको बताउनु भयो । उहाँले देशमा जति नयाँ पार्टी आएपनि देश बनाउने मामिलामा काँग्रेस जस्तो अब्बल र सक्षम कोही पनि नभएको बताउँदै देशको भविष्यसँग जोडिएको नेपाली काँग्रेसलाई सबै एकजुट भएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।


सार्वजनिक लेखा समितिका पूर्व सभापति तथा पुर्व राज्यमन्त्री भरतकुमार शाहले गुट उपगुटका नाममा पार्टी कमजोर हुँदै गएको बताउंदै पार्टीलाई बलियो बनाउनको लागि गुट उपगुटको अन्त्य हुनुपर्ने भनाई राख्नुभयो ।


नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नेपाली काँग्रेस बलियो हुदा मुलुकको लोकतन्त्र र संविधान पनि बलियो हुने बताउदै पार्टीका नेता कार्यकर्ता र आम नागरिकको भविष्यको लागि पनि गुट उपगुट त्यागेर पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनु भयो ।


कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य बालकुमारी भण्डारी, तेजबहादुर कुवँर, जिल्ला सचिव परमानन्द भट्टराई, हरिप्रसाद काफ्ले लगायतले बी.पी.ले अवलम्वन गरेको प्रजातान्त्रिक समाजवाद र देखाएको बाटोबाट अहिले नेता कार्यकर्ता विचलित भएको बताउँदै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बेल्ने वक्ताहरुले बी.पी. स्मृति दिवसमा हरेक वर्ष वृक्षरोपण गरिएपनि रोपिएका विरुवाको संरक्षणमा कसैको ध्यान नपुगेको भन्दै रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन आग्रह गरेका थिए ।

≪ Previous Post

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

Next Post ≫

लागूऔषध र नगदसहित रुपन्देहीमा ५ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क