बुटवल । रुपन्देही प्रहरीले लागूऔषध र नगदसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–१ का २४ वर्षीय राजकुमार दुसाध, ३० वर्षीय जगदीश कुर्मी, २७ वर्षीय राजकुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् ।
रूपन्देहीको मायादेवी गाउँपालिका–२ कचकचाघाटबाट लागूऔषध ब्राउनसुगर ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लु २१ प ४७८९, लु२४प २१२ र लु२३प ५८७० नम्बरका ३ वटा मोटरसाइकल समेत बरामद भएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।