बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो ।
दम बढेपछि उपचारकालागि अस्पताल भर्ना गरिएको र उपचारकैक्रममा खनालको निधन भएको बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बन्नुभएको थियो । शालिन नेताका रुपमा रहनुभएका खनाल लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
