Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0
बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण
50
SHARES
ShareTweet

बुटवल । रोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिनुभयो ।
ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि पनि यस क्षेत्रमा वृक्षरोपण जरुरी रहेको भन्दै उहांले रोटरीले मिलनटोललाई रोजेर वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।
रोटरी क्लव अफ बुटवलका वर्ष २०२३\२४ का एजी सुरज क्षेत्रीले रोटरीले विभिन्न सामाजिक क्षेत्रहरुमा काम गर्दै आएको भन्दै वृक्षरोपण कार्यक्रम पनि रोटरीको कार्ययोजना अन्तर्गत भएको बताउनुभयो ।
क्लवका अध्यक्ष करुण खनालले वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको भन्दै वृक्षरोपणपछि यसको संरक्षणमा विशेष ध्यान पु¥याउन मिलन टोल विकास संस्थाका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहांले क्लवले विभिन्न क्षेत्रसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडि बढाउन चाहेको पनि बताउनु भयो ।
क्लवका निवर्तमान अध्यक्ष बोनिन पियाले ज्योतीनगर क्षेत्रको पहिरो रोकथामका लागि पनि यस क्षेत्रमा बिरुवाहरु लगाउनु अति आवश्यक रहेको भन्दै क्लवले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
मिलन टोल विकास संस्थाका अध्यक्ष माधव पाण्डेले क्लवले ज्योतीनगर क्षेत्रको मिलन टोलमा वृक्षरोपणको स्थान तय गरेकोमा धन्यवाद दिंदै रोपिएका बिरुवाको संरक्षणमा संस्थाले ध्यान दिने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै क्लवका सचिव तारानाथ भट्टराईले क्लवले गर्ने हरेक कार्यक्रम उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा मिलन टोल विकास समितिका पदाधिकारी र स्थानीयको सहभागिता थियो । कार्यक्रममा रोटर्याक्ट क्लव अफ बुटवल, रोटर्याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोटर्याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सर्भिस पार्टनरको रुपमा सहभागी भएका थिए । क्लवको १४७२ औं नियमित बैठकको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको थियो ।

≪ Previous Post

प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै

Next Post ≫

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क