Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0
प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै
130
SHARES
ShareTweet

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज(शनिबार) साँझ इटली जान लाग्नुभएको हो ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही दिन नै प्रधानमन्त्री दाहालले विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा पनि सहभागी जनाउनु हुनेछ । साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल पनि प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहनेछ । प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

≪ Previous Post

आज ४१ औं बीपी स्मृति दिवस : बिभिन्न कार्यक्रमका साथ मनाइदै

Next Post ≫

बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क