Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0
बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना
60
SHARES
ShareTweet


हरिश ढकाल
बुटवल, १९ साउन । बुटवल उपमहानगरपालिका २ स्थित पाखापानीमा बासुकी नाग देवताको मन्दिर स्थापना गरिएको छ । पाखापानीमा केही महिना अघि नाग देवता प्रकट भएको र मन्दिर निर्माण गर्न आदेश भएकोले मन्दिर निर्माण गरिएको हो । गत माघ २० गते माघे औंसीका दिन प्रकट भएका नाग देवताले आफ्नो स्थान उचित संरक्षण नभएकाले यत्रतत्र भड्किएको भन्ने कुरा बिभिन्न माताजीहरु मार्फत राखेकोले मन्दिर निर्माण गरिएको स्थानिय धु्रव खनालले बताउनु भयो ।
नाग देवता प्रकट भएको ठिक ६ महिनामा साउन २० गते सोमबार नाग पञ्चमी समेत परेकोले सोमवार बिहान ८ बजे उक्त मन्दिरको बिधिवत उद्घाटन गरिने कार्यक्रम रहेको पनि खनालले बताउनुभयो ।
बासुकी नाग सेवा समितिका कोषाध्यक्ष समेत रहेका खनालले उक्त मन्दिरमा दुईवटा नागका मुर्तिहरु स्थापना गरिने र त्यहाँ मन्दिरका लागि जग खन्ने क्रममा नागको प्रस्तर मुर्तिसमेत भेटिएकोले उक्त मन्दिरमा स्थापना गरिएको जानकारी गराउनुभयो ।
मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुले मागे चिताएको पुग्ने गरेको र बिश्वास नगरि उक्त स्थान वरपर क्षति पुराएमा हानी नोक्सानी हुने गरेको अर्का स्थानीय टेकबहादुर रावलले बताउनु भयो । उक्त मन्दिर समितिका सचिव समेत रहेका रावलले बासुकी नागको स्थापना गर्ने क्रममै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बासुकी नाग देवताले दर्शन दिएको र मनोकामना समेत पुरा हुने गरेको प्रतिक्रिया दिनुभयो ।

≪ Previous Post

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

Next Post ≫

११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क