Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0
छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई
80
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १९ साउन । रुपन्देहीमा सम्पन्न क्विक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को उपाधि स्कलर्स होम र स्मृति बोर्डिङ्ग स्कूललेृ हात पारेका छन् ।
जिल्लास्तरीय छनौट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका लागि भएको फाइनल खेलमा स्मृतिलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै स्कलर्स होमले उपाधि हात पारेको हो ।
निक्कै प्रतिस्प्रधात्मक फाईनल खेलमा उपाधिसंगै स्कलर्स होमले नगद ३० हजार, कप, पदक र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता स्मृतिले नगद १५ हजार, ट्रफि, पदक र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
यस्तै प्रतियोगितामा छात्रतर्फ स्कलर्स होमका अभिषेक सुनार उत्कृष्ट गोलकिपर, जिवन राई मगर डिफेन्स, रिजन गुरुङ मिडफिल्डर तथा स्मृतिका सन्दिप केसी फरवार्ड र हाईस्कोरर घोषित भए । यस्तै म्यान अफ दी सिरिज घोषित भएका स्मृतिका सुभाष बम ठकुरी नगद दुई हजार, कपबाट पुरस्कृत भएका छन् ।
छात्र तर्फको फाईनल प्रतिष्प्रधा निर्धारित समय गोल रहित बराबरीमा सकिए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा स्कलर्सका जीवन राई मगर, विज्ञान गुरुङ्ग, रिजन गुरुङ र जुलेश थापाले गोल गरेका थिए भने सिजन थापाको प्रहार बाहिरिएको थियो । यस्तै स्मृतिका सुपि केसी र निखिल कार्कीको प्रहार गोलमा परिणत भएको थियो भने अजय पाठक र अंकित सिजापतिको प्रहार बाहिरिएको थियो ।
आईएतबार नै भएको छात्रातर्फको फाईनल खेलको उपाधि भने स्मृति बोर्डिङ्ग स्कूलले हात पारेको छ । स्मृतिले शान्ति नमुना माविलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै स्मृति नगद १० हजार, कप, पदक र प्रमाण पत्रबाट पुरस्कृत भएको छ भने शान्ति नमुना उपविजेता बन्दै नगद ५ हजार, कप, पदक र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
स्मृतिको जितका लागि रितु तामाङ्गले २, मायासरी गाहाले १ र अन्जु दलार्मीले १ गोल गरिन ।
छात्रातर्फ प्लेयर्स अफ दी सिरिज शान्ति नमुनाकी सुश्मिता नेपाली घोषित भइन् भने प्रतियोगिता अवधिभर ८ गोल गरेकी स्मृतिकी अन्जु दलार्मी हाईस्कोररबाट पुरस्कृत भईन । दुबैजना नगद दुई हजार र कपबाट पुरस्कृत भएका छन् ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रदेश नं. ५ का प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठ, एन्फाका उपमहासचिव प्रकाश पंगेनी, एन्फका रुपन्देही जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य दीर्घ बहादुर केसी र उपाध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले पुरस्कार वितरण गर्नुभएको थियो । ।
प्रतियोगितामा रुपन्देही जिल्लाका नीजि तथा सामुदायिक विद्यालयहरुका ४३ टिमलाई ४ समुहमा खेलाईएको थियो । यस्तै ७ वटा छात्राहरुको टिम थियो ।
यस्तै प्रतियोगिता अवधिभर सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार स्वस्तिक श्रेष्ठलाई नगदसहित कप र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने

Next Post ≫

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क