Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0
तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने
70
SHARES
ShareTweet

कृषि, पर्यटन र उद्योगमा लगानी भित्र्याउने लक्ष



संसार पोष्ट
बुटवल १९ साउन । तिलोत्तमा नगरपालिकाले आगामी असौजमा लगानी सम्मेलन गर्ने भएको छ । असोज ९ र १० गते दुई दिन आयोजना गरिने लगानी सम्मेलनमा कृषि, पर्यटन र उद्योगलाई आधार बनाएर लगानी भित्र्याउने लक्ष्य नगरपालिकाले अगाडी बढाएको छ ।
दुई दिन सम्म संचालन हुने लगानी सम्मेलनमा ५० विदेशी र २ सय स्वदेशी गरी २ सय ५० जना लगानी कर्तालाई सहभागी बनाउने तयारी भैरहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी गराउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आईतवार तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्न स्थानीय सरकार र होटल व्यवसायीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका लगानीको लागि उपयुक्त स्थान र वातावरण छ भन्ने आधार पुष्टि गर्नका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भयो ।
नगरपालिका क्षेत्रमा अहिले पनि ६६ प्रतिशत भूभाग खाली रहेकाले कृषि, पर्यटन र अन्य उद्योग स्थापनाका लागि जग्गा प्रशस्त रहेको बताउदै नगर प्रमुख घिमिरेले स्वदेशी तथा विदेशी लगानी कर्तालाई ढुक्कसंग लगानी गर्ने वातावरण मिलाउन आफु लागिपरेको बताउनु भयो । सीमावर्ती क्षेत्र वेलहिया आउंदा नै पर्यटकलाई लुम्बिनी आएको महशुस हुने गरी पुर्वाधार विकास गर्न जरुरी रहेको औल्याउदै प्रमुख घिमिरेले पर्यटक आउने वातावरण व्यवसायीले पनि मिलाउनु पर्नेमा जोड दिनु भयो । उहांले नगरपालिकाको ग्यारेण्टीमा युवाहरुलाई बिना धितो २० लाख सम्म सस्तो व्याजमा क्रण लगानी दिलाउने गरी वित्तिय संस्थासंग सम्झौता गर्ने तयारी गरेको समेत जानकारी गराउनु भयो ।
होटल व्यवसायी संघका प्रमुख सल्लाहकार गोपाल रानाले भौतिक संरचना विना पर्यटन ब्यवसाय फस्टाउन नसक्ने भन्दै पुर्वाधार बिकासमा जोड दिनुपर्ने धारण राख्नु भयो । उहाले लुम्बिनीमा आउने पर्यटक मायादेवि मन्दिर दर्शन गर्नजांदा जुत्ता हराउने गरेको भन्दै यसले पर्यटकमा नकारात्मका सन्देश जाने हुंदा यसतर्फ प्रहरी प्रशासन गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।
तिलोत्तमा व्यापारसंघका अध्यक्ष जेपी कँडेल र तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले व्यवसायीले पर्यटकलाई गुणस्तरिय सेवा प्रवाह गर्न जरुरी रहेको औल्याउनु भयो ।
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भ्रमण वर्षले व्यवसाय फस्टाउने भएकाले व्यवसायीले गुणस्तरिय भोजन, आवास, वोली बचनलाई मिठास र सरसफाईमा बढी ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा संघका महासचिव माधव कुमार खनाल, तिलोत्तमा संयोजक बसन्त पराजुली लगायतका व्यवसायीले लुम्बिनीलाई धार्मिक स्थल संगै पर्यटकिय हवका रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

≪ Previous Post

कक्षा १२ को पूरक परीक्षाको मिति निर्धारण

Next Post ≫

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क