Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कक्षा १२ को पूरक परीक्षाको मिति निर्धारण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कक्षा १२ को पूरक परीक्षाको मिति निर्धारण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0
कक्षा १२ को पूरक परीक्षाको मिति निर्धारण
70
SHARES
ShareTweet

भदौ २२ र २३ गते परीक्षा, ५ भित्र फाराम बुझाउनु पर्ने

संसार पोष्ट



संसार पोष्ट
काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति आगामी भदौ २२ र २३ गतेलाई निर्धारण गरेको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।
ग्रेड वृद्धिका लागि विद्यार्थीले दुईवटा बिषयमा मात्र परीक्षा दिन पाउने छन् भने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षा हुने छ । बोर्डका अनुसार एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले पनि सोहिदिन परीक्षा दिन सक्ने छन् ।
दुई विषयमा परीक्षा दिनेहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठूलो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ ।
ग्रेड वृद्धिका लागि परीक्षा दिने परीक्षार्थीहरूले विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई विद्यालयमार्फत भदौ ५ गतेसम्म फारम बुझाउनु पर्नेछ । यसैगरी परीक्षा दिने विद्यार्थीहरूले प्रति विषय ६ सयको दरले भदौ २ गतेभित्र बुझाइसकेको भौचर संलग्न हुनुपर्नेछ । फारमसँगै कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वेबसाइटबाट डाउनलोड गरी बुझाउनु पर्ने परीक्षा बोर्डले जनाएको छ ।
ग्रेड वृद्धिका लागि परीक्षार्थीहरूले अन्य सबै विषयमा सि प्लस वा सोभन्दा माथि ग्रेड आएर बाँकी दुई विषयमा मात्र सि वा डि प्लस आएमा परीक्षा दिन पाउने छन् । यस्तै कुनै एक वा दुई विषयमा अनुपस्थित भएकाहरूको परीक्षा पनि सोही दिन हुनेछ ।
परीक्षाफल रद्द भएका र ्शैक्षिक योग्यता प्रमाण पत्र लिईसकेका विद्यार्थीहरू भने ग्रेड वृद्धि परीक्षामा समेल हुन पाउने छैनन् । परीक्षार्थीले तोकिएको केन्द्रबाट मात्रै परीक्षा दिनुपर्ने ब्यवस्था गरिएको भएपनि बोर्डले परीक्षाको केन्द्र भने तोकिसकेको छैन ।

≪ Previous Post

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

Next Post ≫

तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क