Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८० · 0
सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण
80
SHARES
ShareTweet

बुटवल । विकासका निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुधबार डिभिजन सडक कार्यालय बुटवलको ध्यानाकर्षण गराएको छ ।
डिभिजन सडक कार्यालय बुटवलमा डेलिगेशन जाँदै एमाले नगर कमिटीले निर्माणाधीन विभिन्न आयोजनाको काम छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराएको हो । चौराहा–गोलपार्क ६ लेन सडक, चौराहा–बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको पुल निर्माणपछिको व्यवस्थापनको कार्यलगायतका विभिन्न विकासे आयोजनाहरु निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै एमालेले निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेको हो ।
त्यसक्रममा ज्ञापनपत्र बुझाउँदै एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले निर्माणाधीन सडक आयोजनाको काममा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको, राजनीतिक दलका नेता र जनप्रतिनिधिप्रति नकारात्मक भावना सिर्जना भएको भन्दै काममा हुने गरेका अवरोधलाई पन्छाएर छिटो निर्माण सक्नेतर्फ अघि बढ्न आग्रह गर्नुभयो । “चौराहा–गोलपार्क सडक समयमै नबन्दा नागरिकले सास्ती पाएका छन् भने दलका नेता र जनप्रतिनिधिप्रति नै नागरिकको आक्रोश बढेको छ, त्यसैले बेलैमा नागरिकको भावना अनुसार काम अघि बढाउन हामी आग्रह गर्दछौं”–उहांले भन्नुभयो । उहांले बुटवलका अन्य सडक र पुलका आयोजनाहरुको काम पनि छिटो सक्न आग्रह गर्नुभयो ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बुटवलको सडकको ४८ प्रतिशत भौतिक प्रगति र २९ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिंदै अव असार मसान्तसम्म ६ लेन सडकको बीच भागमा कालोपत्रे र दुवैतर्फ नाली निर्माणको काम सक्ने जानकारी दिनुभयो । उहांले सर्भिस लेनको काम भने त्यसपछि मात्रै अघि बढाइने बताउनुभयो ।
उहांले एमाले टोलीसमक्ष एक महिना भित्र दुबै तर्फको नाली क्लियर गर्ने, बीचको कालोपत्रेको भाग पहिलो लेयरको काम सक्ने, मुख्य सडकसँग जोडिएका सडक निकास सबै क्लियर गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । काममा भएको ढिलासुस्तीले आम जनमानसमा अफ्ठ्यारो र असहज परिस्थिति निर्माण भएको, आवागमनमा अप्ठेरो परेको तथा धुलो र खाडलको कारण तमाम ब्यवसायीहरु बिस्थापित भएकोले कामलाई छिटो छरितो गर्नुपर्ने, निर्माण क्षेत्रमा धुलो नउड्ने गरी पानी राख्नुपर्ने र काम गुणस्तरीय गर्ने विषयमा एमालेले डिभिजन सडकको ध्यानाकर्षण गराएको थियो ।
त्यस्तै तिनाउ – दानव कोरिडोर अन्तर्गत वर्षा लागिसकेकोले बुटवलको बस्ती क्षेत्र जहाँ बाढीको जोखिम छ, त्यहाँ अस्थायी संरचना निर्माण गरेर (इट्टाभट्टी, देविनगर बुद्धनगर, रानिगंज ठोकर क्षेत्र ) बाढीको जोखिमलाई समाधान गर्ने, आयोजना अन्तर्गत तटबन्धको कामलाई तीब्रता दिने, आयोजना अन्तर्गत खोलामा क्रसर उद्योग राखी नदीजन्य पदार्थको अपचलन गर्ने, हरिहरपुरको नदी उकास साइडबाट चोरी निकासी भएकोले त्यसलाई तुरुन्तै रोक्न बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेकोले उपमहानगर र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउने, तिनाउ दानव करिडोरको सडकलाई समयमै सम्पन्न गर्ने कामलाई छिटोछरितो र गुणस्तरीय गर्ने निष्कर्ष पनि छलफलका क्रममा निकालिएको एमाले नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो ।
मगरघाट पुल, हात्तीसुँड पुलमा पानी जम्ने समस्याले वर्षायाममा आवागमनमा असहज भएकोले त्यसको समाधानका लागि सम्बन्धित निकायलाई कानुनी दवाब सृजना गर्ने, अघिल्लो आर्थिक बर्ष बजेट परेर काम सुरु भएका तर अहिले बजेट नहालेर अलपत्र परेका रुपन्देही जिल्लाका ३८ ओटा सडक अलपत्र भएकोले त्यसको लागि सरकारलाई दवाब र जागरण गराउने, काम सम्पन्न नभएका बुटवल उपमहानगरपालिका अन्तर्गतका आयोजनाहरु सम्पन्न गर्न बुटवलका जनप्रतिनिधि, सम्बन्धित आयोजना कार्यालय र ठेकदारको ध्यान जानुपर्ने, बुटवल उपमाहानगरपालिकाभित्र निर्माणाधीन सडकहरु चौराहा–गोलपार्क ६ लेन सडक, योगिकुटी –मगरघाट सडक, देवसिद्ध चोक–बाणिज्य क्याम्पस, बाणिज्य क्याम्पस– तिनकुने हुँदै मिलन चोक, कालिका पथ, भाटभटेनी चोक–तालिम केन्द्र अगाडि राजमार्ग, रंगशाला–एमाले चोक, बाणिज्य क्याम्पस–हात्ती सँुड पुल, देविनगर पुलदेखि नहरपुर हुँदै बेलबास बाइ पास सडकलगायतका सडक निर्माणका काम यथाशीघ्र सक्नुपर्ने माग एमालेले गरेको छ । त्यस्तै बुद्ध्नगर –मैनाबगर–जितगडी जोड्ने सडक, बुद्धनगर– मैनाबगर – तिनाउ पुल जोड्ने सडक, बेलबास– बेथरी सडक, गोलपार्क – दुर्गामन्दिर सडक, बेलबास पुल – यातायात कार्यालय हुँदै वडा कार्यालय जोड्ने सडक, नयाँगाउँ–नयाँगाउँ मावि हुँदै– दुर्गानगर–दानव पुल –सेमलार कृष्णगंज जोड्ने सडक, बुटवल–१४ र १५ सेमलार जोड्ने सडक, तामनगर–सेमलार– फर्साटिकर जोड्ने सडक, तिनाउ दानव तटबन्ध, करिडोर सडक, होराइजन चोक–मणिमुकुन्द क्याम्पस–योगिकुटी सडक, रिङरोड लगायतका सडक निर्माणमा हेलचेक्र्याइँ, गुणस्तरहीन, मापदण्ड विपरित खन्ने अनि छोड्ने काम गरेकोप्रति एमालेले असन्तुष्टी जनाएको छ । यी आयोजनाहरु ढिलासुस्तीको कारण आम जनता र नागरिकमा आवागमनमा असहजता हुने ब्यवसायीहरु बिस्थापित हुने, जनआक्रोश पैदा हुने र सिङ्गो ब्यवस्था विरुद्ध नै प्रोपोगाण्डा हुने हँुदा समयमै गुणस्तरीय र मापदण्ड अनुरुपको काम सम्पन्न गर्न पनि एमालेले ध्यानाकर्षण गराएको छ ।
त्यस अवसरमा इन्जिनियर महेश्वर लम्सालले विभिन्न आयोजनाहरुको कामको प्रगतिबारे जानकारी गराउनुभएको थियो । डेलिगेशनमा एमाले बुटवल नगर कमिटीका पुर्व अध्यक्ष ज्ञानप्रसाद अर्याल, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराईलगायत सहभागी थिए ।

≪ Previous Post

पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्छ : मन्त्री पाण्डे

Next Post ≫

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क