Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्छ : मन्त्री पाण्डे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्छ : मन्त्री पाण्डे

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८० · 0
पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्छ : मन्त्री पाण्डे
90
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको बृद्धि विकाससँगै पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभएको छ । पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र संचार जगतलाई विकास गर्न सरकार कटिबद्ध रहेको उहांको भनाई छ ।
लुम्बिनी प्रेस क्लबले बुधबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पत्रकारहरुसँग सहकार्य गर्दै ऐन, नियम बनाउँदै संचारमाध्यमलाई व्यवस्थित बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो । संचार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानून नबनेको जनाउँदै त्यस्तो कार्यलाई छिटो पूर्णता दिने भन्दै उहांले भन्नुभयो–‘ऐन, नियम बनेमा संचार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारहरुसँग सहकार्य र सल्लाहसुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ’ ।
आफू संचारमैत्री ऐन, कानून बनाउन कटिबद्ध रहेको बताउंदै उहांले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुको दुर्घटना बीमा रिन्यू गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘रिन्यू नहुँदा दुर्घटना विमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुंगिन्छ’, उहांले भन्नुभयो ।
उहांले प्रेस क्लबले आगामी मंसिरमा आयोजना गर्न लागेको लुम्बिनी न्युज फेस्टिभललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहांले पत्रकारहरुको हकहितका लागि सबै कटिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का युवा नेता समेत रहेका मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ पनि सरकार लागिपरेको जनाउनुभयो । उहांले लुम्बिनीमा अधिक पर्यटक भित्र्याउन सरकारले योजना बनाइरहेको बताउंदै उहांले भन्नुभयो–‘लुम्बिनी आउने पर्यटकलाई प्रदेशका अन्य गन्तव्यमा पुर्याएर पर्यटनका माध्यमबाट प्रदेशलाई समृद्ध बनाउने हाम्रो योजना छ, यसका लागि निरन्तर सरकारले काम गरिरहेको छ’ ।
।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, संस्थापक अध्यक्ष माधव ढुंगाना, उपाध्यक्ष कमल रायमाझी, महासचिव शंकरप्रसाद पाण्डे, सल्लाहकार कुलमणि ज्ञवाली, लुम्बिनी न्युज फेस्टिभलका संयोजक दीपेन्द्र बडुवाल, सचिव प्रकाश न्यौपाने, अग्रज पत्रकार रामेश्वर भट्ट लगायतले बोल्दै संचारमैत्री सरकार र प्रदेश बनाउन पहल गर्न सुझाव दिनुभयो ।

≪ Previous Post

एनआईसी एशिया वैँकद्वारा तिलोत्तमाका सम्राट खनालको परिवारलाई बीमावापतको १० लाख प्रदान

Next Post ≫

सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क