संसार पोष्ट
भैरहवा, १८ साउन । पत्रकार माधब ढुँगाना नाट्टा पर्यटन पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित हुनुभएको छ । पत्रकार माधब ढुंगानालाई प्रदान गरिएकोछ नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स प्रदेश ५ को नवनिर्वाचित पदाधिकारिको पदस्थापना कार्यक्रमको अवसरमा कान्तिपुर दैनिकका उपसम्पादक ढुंगानालाई नगद सहित प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले सम्मान गर्नुभएको हो ।
सो अवसरमा नाट्टा प्रदेश–५ का नवनिर्वाचित अध्यक्ष कृण्णप्रसाद अधिकारी (सागर)को टिमलाई निवर्तमान अध्यक्ष बिष्णु शर्माले पदस्थापन गराउनुभएको थियो । नाट्टा पर्यटन पत्राकारिता पुरस्कारबाट यस अघि पत्रकार रेखा भुसाल, मनोरन्जन शर्मा र अरुण ज्ञवाली पुरस्कृत भइसक्नुभएको छ । प्रदेश नम्वर ५ लाई कार्यक्षेत्र बनाएर पर्यटन क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकाररुमध्येबाट हरेक वर्ष नाट्टाले एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
