Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर २ र ४ विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर २ र ४ विजयी

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0
ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर २ र ४ विजयी
110
SHARES
ShareTweet

भैरहवा । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिका रुपन्देहीको सहयोगमा पालिकाको कर्मडाँडामा जारी ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ मा वडा नम्बर २ र ४ विजयी भएका छन् ।
वडा नम्बर १ र २ बिच भएको पहिलो खेलमा वडा नम्बर २ १८ रनले विजयी भएको छ । टस हारेर ब्यटिङ्गको निम्तो पाएको वडा नम्बर २ ले १ सय ५५ रन बनाएको थियो । उसको लागि तुल बहादुरले सर्वाधिक ७७ रनाए । २५ बल खेलेका तुल बहादुरले ९ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै बिकासले २२ रन बनाए भने सुदिपले १० रन बनाए । बलिङ्ग तर्फ वडा नम्बर १ का लाल बहादुरले ३ विकेट लिए भने दिल बहादुर र मिर्नालले समान २÷२ विकेट लिएका थिए ।
१ सय ५६ रनको लक्ष्य लिई खेल सुरु गरेको वडा नम्बर १ को टिमले निर्धारित १५ ओभरमा १ सय ३७ रन मात्र बनाउन सक्यो । वडा नम्बर १ का लागि रुप नारायणले ३५ रन बनाए भने लाल बहादुरले ३२ रन र रुद्रले १७ रनको ब्यक्तिगत योगदान दिए । बलिङ्ग तर्फ वडा नम्बर २ का अभिषेकले ३ विकेट लिए । खेलका प्लेयर अफ द म्याच वडा नम्बर २ का तुल बहादुर भए ।
शनिबार नै सम्पन्न गाउँपालिका ए र वडा नम्बर ४ का बिच सम्पन्न दोश्रो खेलमा वडा नम्बर ४, ८ विकेटले विजयी भएको छ । टस हारेर ब्यटिङ्गका लागि आमन्त्रित गाउँपालिका ए को टिम निर्धारित १५ ओभर खेल्दै १ सय ६ रन बनाएको थियो । गाउँपालिका ए को लागि मान बहादुरले सर्वाधिक ३७ रन बनाउदा बिरेन्द्रले १४ रन र मनोजले ११ रन बनाए । बलिङ्ग तर्फ वडा नम्बर ४ का बिश्वास र उज्वलले २÷२ विकेट लिए ।
१ सय ७ रनको लक्ष्य पाएको वडा नम्बर ४ले १० ओभर खेल्दै २ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको थियो । उसका लागि सन्देशले ५० रन बनाए । २७ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै २३ बलमा ६ छक्का,१ चौका प्रहार गरि पिन्टुले अविजित ५० रन बनाएका थिए । बलिङ्ग तर्फ गाउँपालिका ए का मान बहादुर र साहिलले समान १÷१ विकेट बाडेका थिए । खेलमा वडा नम्बर ४ का पिन्टु सहानी प्लेयर अफ द म्याच घोषित भए ।
आईतबारको पहिलो खेल वडा नम्बर १ र गाउँपालिका बि का बिच तथा दोश्रो खेल वडा नम्बर ३ र गाउँपालिका ए का बिच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जनाए ।
चैत १ गते देखि संचालन भएको प्रतियोगिता ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वित्तीय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसका साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।

≪ Previous Post

चालू खर्च घटाएर मुलुकलाई जोगाउनु पर्छ : नेता के सि

Next Post ≫

रूपन्देही सुपरलिगको उपाधी वेष्टर्न क्रिकेट क्लबलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क