Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चालू खर्च घटाएर मुलुकलाई जोगाउनु पर्छ : नेता के सि
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

चालू खर्च घटाएर मुलुकलाई जोगाउनु पर्छ : नेता के सि

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0
चालू खर्च घटाएर  मुलुकलाई जोगाउनु पर्छ : नेता के सि
110
SHARES
ShareTweet

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीलेनेता केसीले चालू खर्च घटाएर भए पनि मुलुकलाई जोगाउनु पर्ने बताउनु भयको छ । मुलुक श्रीलङ्काको बाटोमा नपुगेको बताउँदै उहाँले सरकारले आर्थिक अवस्था सुधार गर्नमा जोड दिनुभयो ।
उहाँले मुलुकको व्यापार घाटा बढिरहेको, निर्यातको तुलनामा आयातमा भारी वृद्धि  भयको, गरिबी, बेरोजगारी, दण्डहीनता र भष्ट्राचारको समस्या रहेकाले त्यसविरुद्ध लड्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसिले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भयो । उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने बताउनुभयो । नेता केसीले देशको आर्थिक अबस्था कमजोर बन्दै गएकाले सरकार अव गम्भीर बन्नुपर्ने बेला आएको समेत बताउनुभयो । 

केसीले सरकार निर्माणमा उपप्रधानमन्त्रीको हुल बनाउने कुरा गलत भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद् गठनमा संविधानले सिमा तोकेको भएपनि उपप्रधानमन्त्रीको हुल बनाउने क्रम बढ्दै जानु गलत भएको टिप्पणी गर्नुभयो । 

‘पहिले  कहिले ४९ कहिले ५९ जनासम्म मन्त्री भएको इतिहास छ, अहिले संविधानले त्यसलाई सिमावद्ध गरिदिएको छ त्यो राम्रो पक्ष छ,’ उहाँले भन्नुभयो- ‘यो उपप्रधानमन्त्रीको हुल जुन ढंगले गर्ने परम्परा चलेको छ, त्यो चाहिँ गलत हो।’ 

पत्रकार सम्मेलन युनियनका सभापति रेखा भुसालको अध्यक्षता तथा सचिव कविन्द्र नेपालको संचालनमा भएको थियो ।

≪ Previous Post

ब्याजको बृद्धिदर घटाउन तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण

Next Post ≫

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर २ र ४ विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क