Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ब्याजको बृद्धिदर घटाउन तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

ब्याजको बृद्धिदर घटाउन तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0
ब्याजको बृद्धिदर घटाउन तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
100
SHARES
ShareTweet

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता प्राप्त रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघले मुलुकको अर्थतन्त्रलाई चलायमान गराउन बढ्दो ब्याजदर बृद्धिलाई घटाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
संघले बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर मार्फत् नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल ब्याजदर बृद्धि घटाई अर्थतन्त्रलाई पूर्ववतः अवस्थामा फर्काउन सहजीकरण गर्न आग्रह गरेको हो ।
संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)को नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेका उद्योगी व्यवसायीले कोरोना भाइरस, रुस युक्रेन युद्ध लगायत विश्वव्यापी प्रभावबाट अर्थतन्त्रमा समस्या देखिएको वर्तमान चुनौतीपूर्ण परिपे्रक्षमा अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर एकल विन्दुमा राख्न देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुभएको हो ।
कोरोना भाइरसको प्रभावबाट पुरानै अवस्थामा आउन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुले अत्याधिक मात्रामा ब्याज वृद्धि गरेका कारण उद्योगी व्यवसायीहरुले अहिले यो जटिल परिस्थितिको सामना गरिरहनु परेको ज्ञापन पत्रमा उल्लेख छ । मूलतः बजारमा लगानी योग्य रकमको अभाव हुँदा ब्याजदर बढिरहेको जनाउँदै संघका अध्यक्ष भण्डारीले कच्चा पदार्थ इन्धन लगायतको मूल्य समेत बढेकाले बजार भाउ निरन्तर उकालो लागिरहेको बताउनुभयो । एकातर्पm बैंक तथा वित्तीय संस्थाले पूँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाई गरिदिने र अर्कातर्पm ब्याजदर चर्को कायम गरिदिनाले उद्योगी व्यवसायीहरु विस्थापित बन्दै गएको उहाँको भनाईछ । उद्योगी ब्यवसायीका समस्यालाई सम्बोधनहुने गरी यसमा सहजीकरण गर्न अध्यक्ष भण्डारीले माग गर्नुभयो ।

संघले बुझाएको ज्ञापन पत्रमा उत्पादित सामानको मूल्य आकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको उल्लेख गरिएको छ । ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित बनेको संघले ठहर गरेको छ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन संघले गरेको छ । संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्थामा एउटा क्षेत्र व्यवस्थापन गर्दा अर्को क्षेत्रमा समस्या हुनसक्ने तर्फ राष्ट्र बैंक गम्भीर बन्न आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संघले बुझाएको ज्ञापन पत्रमा अहिलेको जटिल परिस्थितिमा धेरै विषयहरु संशोधन गर्न आवश्यक रहेको उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक थानेश्वर आचार्यले परिस्थिति केही असहज भए पनि पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन बढाउन जोड दिनुपर्ने बताउँदै राष्ट्र बैंकमार्फत् हुने समाधानका विषयहरु विस्तारै समाधान गर्दै जाने बताउनुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघले ज्ञापनपत्र मार्फत् बैंक तथा वित्तिय संस्थाको आधार दर वृद्धि हुने क्रमसँगै प्रिमियम समेत अस्वभाविक रुपमा वृद्धि भई ब्याजदर आकाशिएर उद्योगी व्यवसायको लागत उच्च हुँदा आधार दर बढ्दा प्रिमियम भने नबढ्ने सुनिश्चितता हुनुपर्ने, प्रिमियम दरलाई वान्छित सीमाभित्र राख्न नीतिगत व्यवस्था आवश्यक रहेको जनाएको छ । उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागु गर्न संघले माग गरेको छ । बैंक तथा वित्तिय संस्थाले लिने अतिरिक्त शूल्क, सेवा शूल्क दोब्बरसम्म बढेको व्यवसायीहरुको गुनासो आइरहेको सन्दर्भमा अस्वभाविक रुपमा शूल्क लिन नपाइने व्यवस्था गर्नुपर्ने, सम्बन्धित खातावालाको पूर्व स्वीकृति बिना खाताबाट रकम ट्रान्सफर तथा भुक्तानी गरिरहेको यो अवस्थामा ग्राहकले असुरक्षित महसुस गरेको हुँदा यो व्यवस्था संशोधन गर्न आवश्यक रहेको संघले जनाएको छ ।
संघले प्रतितपत्रको टि.आर ऋणको समाववधि साविककै व्यवस्था बमोजिम कायम गर्न, प्राजेक्ट ऋण बाहेक धितो बेसको ऋणमा स्टकको बिमा गराउदा ऋणीले दाबी गरेबमोजिम स्टकको मात्र बीमा गर्ने व्यवस्था कायम गर्न र स्टक भन्दा बढि बीमा अनिवार्य नगर्न , ऋण सम्झौताका बेला कायम रहेको प्रिमियम दर कम्तीमा ५ वर्षसम्म परिवर्तन नगर्न, ऋणीले ऋण स्वायप गर्दा लाग्ने स्वायप शूल्क हटाउन, चेक बाउन्स सम्बन्धी व्यवस्थालाई बैंक तथा वित्तिय संस्थाले भुक्तानीकर्ताको सम्पूर्ण बैंक खाता रोक्का गर्न सकिने व्यवस्था कायम गर्न र भ्यारियन्स एनलाइसिस व्यवस्था लाई स्थगन गर्न संघले माग गरेको छ ।
यस्तै, चालूपुँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ दफा ८.४ कर्जाको रकम व्यावसायिक प्रयोजनका लागि कर्जा खाताबाट सोझै रकमान्तर गरेर मात्र कारोबार गर्नुपर्ने र मासिक रुपमा कर्जाको सीमाको दुई प्रतिशतभन्दा बढि रकम सोझै वा अन्य खातामा रकमान्तर गरेर नगद भिक्न नपाइने व्यवस्था गर्न संघले माग गरेको छ ।

≪ Previous Post

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी

Next Post ≫

चालू खर्च घटाएर मुलुकलाई जोगाउनु पर्छ : नेता के सि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क