Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0
रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी
100
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको अन्तिम खेलमा विजयी भएको छ । एक खेल अगावै फाइनलमा पुगेको खुकुरीले बिहीबार भएको सुपर फोरको अन्तिम खेलमा तिरुपति क्रिकेट क्लबमाथि १ सय १८ रनको फराकिलो जित निकालेको हो । सुपर फोरमा सबै जित निकाल्न सफल लुम्बिनी खुकुरीले अब शनिबार हुने फाइनलमा वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि भिड्ने छ ।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रनको उच्च योगफल बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेल्दै १ सय १४ रनको योगदान दिए । यस्तै, निश्चल चौधरीले २६, साहब आलमले २४, संदीप रजालीले १३ र धिरज शाहीले १२ रन बनाए । बलिङमा तिरुपतिका तुलबहादुर थापाले ५, वीरेन्द्र मल्लले २, बसिर अहम्मद, विवेक यादव र संदीप मौर्यले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपति २२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २२ रनमा समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका अजयकुमार चौहान र इकलाख वारिसले समान ३–३ तथा धिरज शाहीले २ विकेट लिए । तिरुपतिका नन्दलाल चाईले २८, तुलबहादुर थापाले २४, विवेक यादवले १८, बसिर अहम्मदले १४ र अमन गुप्ताले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । खेलमा लुम्बिनी खुकुरीका प्रज्वल थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर ५ को जित

Next Post ≫

ब्याजको बृद्धिदर घटाउन तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क