Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर ५ को जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर ५ को जित

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0
ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर ५ को जित
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा जारी अध्यक्ष कप क्रिकेट –२०७९ अन्तर्गत बिहीबार सम्पन्न भएको २ वटा खेलमा गाउँपालिकाका दुबै टिम पराजित भएका छन् ।
गाउँपालिका टिम र वडा नम्बर ५ को बिचमा भएको पहिलो खेलमा वडा नम्बर ५ले १० विकेटले जित निकालेको छ । टस जितेर गाउँपालिकाको टिमले ब्याटिङ्ग रोजेको थियो । गाउँपालिका बि का कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । उसका लागि शैलेन्द्र, शिवलाल र हेमन्तले समान ३÷३ रन जोड्दा पालिका टिमले ७ दशमलव १ ओभरमै अलआउट हुदै १९ रन मात्र बनाएको थियो ।
टिम बि लाई सस्तोमा समेट्ने क्रममा वडा नम्बर ५ का बिरु र दुर्गेशले समान ३÷३ विकेट बाडेका थिए । वडा नम्बर ५का दिनेशले २ विकेट लिए ।
२० रनको लक्ष्य सहित मैदान छिरेका वडा नम्बर ५ का ओपनर दुर्गेशले पहिलो ४ बलमै टिमलाई जित दिलाएका थिए । ४ बल खेलेका उनले २ छक्का र २ चौका सहित ४ बलमै लक्ष्य भेटाएका थिए । खेलमा वडा नम्बर ५ बाट ६ रन खर्चेर ३ विकेट लिएका बिरु म्यान अफ द म्याच घोषित भए ।
बिहिबार नै गाउँपालिका टिम ए र वडा नम्बर ६ बिच सम्पन्न भएको दोश्रो खेलमा वार्ड नम्बर ६, ५ विकेटले विजयी भएको छ ।
टस जितेर गाउँपालिका टिम ए ले ब्याटिङ्ग रोज्दै ८८ रन बनाएको थियो । उसको लागि मनोजले सर्वाधिक २१ रन बनाउदा सागरले १६ रन र दिनेशले १५ रनको ब्यक्तिगत योगदान दिएका थिए ।
बलिङ्ग तर्फ वडा नम्बर ६ का चन्द्र शेखरले ३ विकेट एवम मनोहर र राजकुमारले समान २÷२ विकेट लिएका थिए
८९ रनको बिजयी लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ६ ले खेलको ११ ओभरमा लक्ष्य भेटाएको थियो । उसका लागि मनोहरले ५० रन बनाए भने कृष्णले १८ रन र बिकासले ९ रन बनाएका थिए ।
बलिङ्ग तर्फ गाउँपालिका टिम ए का मनोज र मान बहादुरले समान २÷२ विकेट लिएका थिए । खेलमा २ विकेट लिएर ५० रन बनाएका मनोहर म्यान अफ द म्याच घोषित भए ।
शुक्रबारको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर ५ का बिच तथा दोश्रो खेल वडा नम्बर ३ र वडा नम्बर ६ का बिच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जानकारी गराउनु भयो ।
द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा चैत १ गतेदेखि सञ्चालित क्रिकेट प्रतियोगिता चैत ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वित्तीय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताउनु भयो । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमामा सरसफाई अभियानको एक सयौं श्रृंखला : सप्ताहव्यापी कार्यक्रमका साथ मनाइयो

Next Post ≫

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क