Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक CCTV को सहयोगमा प्रहरी नियन्त्रणमा 
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक CCTV को सहयोगमा प्रहरी नियन्त्रणमा 

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७९ · 0
पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक CCTV को सहयोगमा प्रहरी नियन्त्रणमा 
130
SHARES
ShareTweet

सालझन्डी  । रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले  पक्राउ गरेको छ ।                                   फागुन १२ गते  रातको ११:४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं ८ सुर्यनगर स्थित पुर्वपश्विम महेन्द्र राजमार्गमाको छेउमा एकजना पुरुष चोटपटक लागि गम्भिर घाईते भई लडिरहेको अवस्थामा देखि प्रहरीलाई खबर हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी पुगी टाउकोमा गहिरो चोटलागी गम्भिर घाईते रहेका नाम थर तत्काल नखुलेका परुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठाईएको थियो।
उपचारकै क्रममा एक्लै पैदल हिडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षिया पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुलेपनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन। तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रुपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिप्परले ठक्कर दिएको देखिन आयो। पछि थप अनुसन्धानकै क्रममा उक्त टिप्पर पहेलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडकखण्डमा गई फरार रहेको विभिन्न CCTV फुटेजको अनुसन्धानबाट खुल्न आएको प्रहरिले जनायको छ ।
प्रहरिका अनुसार  उक्त टिप्परको खोजि गर्दा अर्को दिन दिउँसो सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडीको भागमा फेला परेको टिप्परसँग घटनालाई तुलनात्मक अनुसन्धान गर्दा सोहि टिप्परले नै पुरन पेग्मीलाई ठक्कर दिई फरार भएको खुल्न आयकोले प्रहरिले टिप्पर चालक  २३ वर्षिया धन बहादुर थारुलाई पक्राउ गरेको  हो।


पक्राउ परेका टिप्पर चालकलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको छ। घाईते रहेका पुरन पेग्नी मगरको टाउकोमा गहिरो चोट देखिएको छ भने हाल उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा नै राखेर उपचार गरिएको छ ।

≪ Previous Post

तिलोत्तमा उद्योग वाणिज्य संघमा  वस्तुगत समिति गठन

Next Post ≫

बुटवल नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट सुविधा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क