Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग वाणिज्य संघमा  वस्तुगत समिति गठन
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमा उद्योग वाणिज्य संघमा  वस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७९ · 0
तिलोत्तमा उद्योग वाणिज्य संघमा  वस्तुगत समिति गठन
70
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा क्षेत्रमा पेशा व्यवसायमा संलग्न उद्योगी व्यवसायीहरुलाई संघमा आवद्व गराई संस्थागत  क्रियाशिलता र व्यावसायिक हक हितका लागि वस्तुगत समिति गठन गरेको छ।
संघले संघको  विधान अनुसार उद्योग तर्फ प्रकाश पोखरेलको संयोजकत्वमा सुनचाँदी, गोविन्द रेग्मीको संयोजकत्वमा प्लाश्टिक, सुरज खत्रीको संयोजकत्वमा खाद्यान्न, गोविन्द भूषालको संयोजकत्वमा कंक्रिट तथा क्रसर, तुल्सी श्रेष्ठको संयोजकत्वमा ब्युटि पार्लर, गंगाधर अधिकारीको संयोजकत्वमा औषधी, गणेश प्रसाद शर्माको संयोजकत्वमा निर्माण, अर्जुन पराजुलीको संयोजकत्वमा होटेल तथा रेष्टुरेन्ट र हरि प्रसाद आचार्यको संयोजकत्वमा आल्मुनियम तथा स्टिल  वस्तुगत समिति गठन गरेको छ ।
यसैगरि वाणिज्य तर्फ शालिकराम वोस्तिको संयोजकत्वमा ग्यास, राम प्रसाद ढकालको संयोजकत्वमा औषधी, कमल प्रसाद भूषालको संयोजकत्वमा टायल मार्वल, राम बहादुर थापाको संयोजकत्वमा स्टेशनरी, भोलाराज पान्डेको संयोजकत्वमा फलफुल तथा तरकारी, दुर्गा प्रसाद पान्डेको संयोजकत्वम इलेकटृक, राजेन्द्र अग्रहरीको संयोजकत्वमा खाद्यान्न तथा गल्ला, प्रताप भन्डारीको संयोजकत्वमा फर्निसिंग, शोभा कुमारी रानको संयोजकत्वमा फेन्सी र गुणाखर ग्यवालीको संयोजकत्वमा धातुजन्य भाडा वस्तुगत समिति गठन गरेको छ।
यसैगरि राम प्रसाद भन्डारिको संयोजकत्वमा निर्माण सामाग्री, मुक्तिराम भट्टराईको संयोजकत्वमा कलरहाउस, मन बहादुर गुरुंगको संयोजकत्वमा कस्मेटिक र जर्नादन यादवको संयोजकत्वमा एग्रोभेट तथा भेटेनरी वस्तुगत समिति गठन गरिएको छ।
समितिका संयोजकहरुलाई सोमबार संघको सचिवालयमा आयोजित बैठकमा स्वागत सहित प्रमाणपत्र वितरण गरिएको थियो ।
बैठकले तिलोत्तमा नगरपालिकाले चैत्र ३ गते बेरोजगारलाई रोजगार श्रृजना गर्ने उद्देश्यले आयोजना गर्ने १ दिने रोजगार मेला र पर्यटन व्यवसायी महासंघले यस क्षेत्रको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आयोजना गर्ने १ दिने पर्यटन भेलामा सहजीकरण गर्ने निर्णय गरेको छ।
बैठकले २०८० सालको क्यालेडर प्रकाशनका लागि उद्योग उपाध्यक्ष सुरज पंगेनी ज्यूको संयोजकत्वमा क्यालेन्डर प्रकाशन समिति गठन गरेको छ।
यसैगरि बेरोजगार यूवाहरुलाई लक्षित गरि तालिम पश्चात तत्काल रोजगार पाउने गरि ग्रील तथा पेन्ट सम्बन्धी  तालिमहरु सन्चालन  गर्ने निर्णय बैठकले गरेको छ ।
संघले  होली सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले होलीमिलन कार्यक्रम गर्ने निर्णय समेत  गरेको छ  । बैठकमा संघका अध्यक्ष गुणनिधि भन्डारी (माधव)ले तिलोत्तमा क्षेत्रमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यवसायीहरुको हकहित र सबै व्यवसायीहरुलाई गोलाबद्द  गर्ने उ२ेश्यले वस्तगुत समिति गठन गरिएको बताउनुभयो ।
वस्तुगत समितिको गठनले संघ थप शसक्त हुनुका साथै संस्थागत क्रियाशिलता र  व्यवयासीका समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । उद्योग उपाध्यक्ष सुरज पंगेनिको स्वागत र महासचिव राजकुमार पान्डेको सञ्चालनमा कार्यक्रम भएको  कार्यालय प्रमुख लोकनाथ खनालले जानकारी गराउनुभयो ।

≪ Previous Post

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

Next Post ≫

पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक CCTV को सहयोगमा प्रहरी नियन्त्रणमा 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क