Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चार बर्षपछि लुम्बिनी अस्पतालमा सरकारको निर्णय कार्यान्वयन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चार बर्षपछि लुम्बिनी अस्पतालमा सरकारको निर्णय कार्यान्वयन

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७६ · 0
चार बर्षपछि लुम्बिनी अस्पतालमा सरकारको निर्णय कार्यान्वयन
70
SHARES
ShareTweet

अस्पताल परिसर भित्र आफ्नै फार्मेसी सञ्चालन



संसार पोष्ट
बुटवल, १७ साउन । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नै व्यबस्थापनमा फार्मेसी (औषधी पसल) सञ्चालन गरिएको छ । यस अगाडी नीजि कम्पनी जनप्रिय फार्मेसीले टेण्डर पारेर फार्मेसी सञ्चालन गर्दै आएको थियो । २०७२ सालमा गगनकुमार थापा स्वास्थ्यमन्त्री रहँदा सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि उक्त अस्पतालमा अस्पतालकै व्यबस्थापनमा फार्मेसी सञ्चालन गरिएपनि उक्त फार्मेसी प्रभावकारी हुन सकेको थिएन ।
२०७२ असार १५ मा जनप्रिय फार्मेसीले टेण्डर पारेपछि फार्मेसी सञ्चालन गर्दै आएकोमा सरकारले मंसिरमा अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने निर्णय गरेकाले तत्कालै उसलाई हटाउन समस्या भएको र फार्मेसी सञ्चालनकालागि राम्रो स्थान पनि नभएकाले अस्पताले सञ्चालन गरेको फार्मेसी प्रभावकारी हुन नसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
२०७२ असार १५ मा जनप्रियले पारेको टेण्डर २०७६ असार १६ मा सकिएपनि हट्नकालागि आनाकानी गरेकाले उसलाई हटाउन एक महिना ढिला भएको उहाँले जानकारी दिनुभयो । अस्पतालले टेण्डर आह्वान गरेर सम्झौता गर्दै आएको अस्पतालको फार्मेसी सटरमा शुक्रबारदेखि मात्रै आफ्नै फार्मेसी सञ्चालन गरिएको हो ।
उक्त फार्मेसी सटर टेण्डर आह्वान गरेर सञ्चालन गर्दा मासिक १५ लाख रुपैंया अस्पतालले आम्दानी गर्ने गरेको थियो । अस्पताल आफैले फार्मेसी सञ्चालन गरेपछि पहिलो दिन मात्रै ७६ हजारको औषधी बिक्रि भएको र दैनिक तीन लाख रुपैंयाको औषधी बिक्रि हुने आँकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. खनाल बताउनु हुन्छ ।
‘हामी टेण्डर आह्वान गरेर जनप्रियसंग सम्झौता गरेका थियौं, सरकारले निर्णय गरेपछि फार्मेसी त सञ्चालन ग¥यौं तर हामीले सञ्चालन गरेको फार्मेसी बिरामीको पहुँचमा थिएन, बिरामीलाई देखाउन पनि सकेनौं ।’ मेसु खनालले भन्नुभयो–‘सम्झौता गरेको कम्पनीको म्याद सकियो र अहिले त्यही ठाउँमा अस्पताल आफैले फार्मेसी सञ्चालन गरिएको हो ।’
सरकारले अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि १५ फागुन २०७३ मा आफ्नै फार्मेसी त सञ्चालन गरियो तर उक्त फार्मेसी प्रभावकारी हुन सकेन । तत्कालिन अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालका अनुसार १९ असार २०७४ मा मन्त्रालयबाट नीजि संस्थालाई दिएको फार्मेसी हटाउन गरेको निर्देशन अनुसार अस्पताल बिकास समितिको २० फागुन २०७४ मा बसेको बैठकले तीन महिनाको समय दिएर नीजि फार्मेसी हटाउने निर्णय ग¥यो । उक्त निर्णय कार्यान्वयनमा आनाकानी गरि नीजि संस्थालाई पत्र नकाटेका कारण अस्पताल आफैले सञ्चालन गरेको फार्मेसी प्रभावकारी नभएको तत्कालिन बिकास समितिका अध्यक्ष खनाल बताउनु हुन्छ । उहाँले ढिलै भएपनि अस्पताल आफैले सञ्चालन गरेको फार्मेसी प्रभावकारी बनाउने काम सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

≪ Previous Post

आज २०७६ श्रावण १७ गते शुक्रवार तदनुसार २ अगष्ट २०१९काे राशिफल

Next Post ≫

देवदहका बलु हत्यामा संलग्न चौधरी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क