भैरहवा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई रुपन्देही प्रहरीले १९ बर्ष पछि पक्राउ गरेको छ ।
तत्कालिन पुनरावेदन अदालत बुटवल रुपन्देहीको २०६० साल बैशाख १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला रुपन्देही साविक वसन्तपुर गा.वि.स. वडा नं. ९ हाल ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने बहादुर हरिजनको छोरा बर्ष ४६ को श्रीराम हरिजनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज निजकै घरबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका हरिजनलाई फैसला कार्यान्वयनको सिलसिलामा रुपन्देही जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भूक्तानको लागि जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
