Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७९ · 0
सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता
50
SHARES
ShareTweet

भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टारले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४८ ओभरको खेलमा ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रनको सामान्य योगफल बनायो । उसका लागि सुमन थापाले २९, दिपेन्द्र हिताङले २५, स्वीकोत विश्वासले १७, अजय चौधरीले नटआउट १५ र सन्तोष परियारले १२ रन बनाए । बलिङमा स्टारका शिवरन श्रेष्ठले ४, राहुल प्रजापति, निरज मौर्य र प्रदीप साहनीले समान २–२ विकेट लिए ।
प्रतिउत्तरमा स्टारले २१.४ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाउँदै लक्ष्य पूरा गरेर जित निकाल्यो । उसको जितमा शिवरन श्रेष्ठले नटआउट ४१, सन्तोष साउदले ४१, विशाल भुसालले नटआउट १५ र अंकित बीएमले १४ रन बनाए । बलिङमा बुटवल युथका कृष्ण सेनले २ तथा सोनु मल्लाहले १ विकेट लिए । स्टारका शिवरन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।
चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन

Next Post ≫

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क