Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७९ · 0
मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन
60
SHARES
ShareTweet

लुम्बिनी | लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले विहिबार कपिलबस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो । टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको स्थल अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलबस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवद्र्धन गर्ने गरि अन्य विकास गर्ने गरि योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए । मन्त्री पन्थीले बुद्धस्थललाई जोडेर पर्यटक आर्कषित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने गरि पहल भइरहेको बताए । संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र  अन्र्तराष्ट्रिय दातृ निकायलाई जोडेर कपिलबस्तुका बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले बताए ।  मन्त्री पन्थीले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापना गरिने बताए ।
उक्त टोलीमा बुद्धमूर्ती स्थापना गर्ने दातृ निकाय वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्जको समेत उपस्थिती थियो । एसोसिशनले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापनाको प्रस्ताव ल्याएको छ ।

उक्त प्रस्तावपछि मन्त्री सहितको टोलीले कपिलबस्तु नगरपालिका वडा न. ९ स्थित बाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ती स्थल हुनसक्ने भन्दै देखाइएको छ । नदी उकास क्षेत्रको अवलोकनअघि कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो। त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो । सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलबस्तु राष्ट्रिय मूर्तीकलाका कार्यशला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ ।
मन्त्री पन्थी सहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पूरातात्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलबस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलबस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य,  पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

≪ Previous Post

रूपन्देही सुपरलिगः गोलपार्क क्रिकेट क्लब एक रनले विजय

Next Post ≫

सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क