Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0
दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ
80
SHARES
ShareTweet

सालझण्डी । पुर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको घटनास्थलमा गई घाईतेलाई उद्दार गरेको बाहना बनाई मोटरसाईकल चोरी गरी फरार भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यहि पौष ९ गते दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगर नजिकै महेन्द्र राजमार्गमा कपिलवस्तुको तौलिहवाका ईम्तियाज अहमद रंगरेजले गाई बचाउन खोज्दा पैदल यात्रीलाई ठक्कर दिई आफुसमेत मोटरसाईकल दुर्घटनामा पर्छन् । उनी तत्काल आफू उठी आफेले ठक्कर दिएका पैदल यात्रीलाई नजिकै रहेको मेडिकलमा पुर्याउन थाल्छन् । उनलाई एकजना स्थानीय युवा जस्ता देखिने व्यक्ति आई घाईते भएका पैदल यात्रीलाई उठाएर मेडिकलमा लैजान सहयोग गर्छन् । घाईते भएका पैदल यात्रीलाई के छ कस्तो छ भनी चोटपटक लागे नलागेको हेर्छन र मलमपट्टीमा आफन्तझै बनेर सहयोग गर्छन् । तौलिहवाका मोटरसाईकल चालक अहमद रंगरेजले ति सहयोगी युवा पक्कैपनि घाईतेको आफन्त वा कोहि स्थानीय हुनसक्ने अनुमान गर्छन । घटनाको १० मिनेट भैसक्दापनि ती युवाले घाईते र मोटरसाईकल चालकप्रति उदारताका साथ सहयोगीको भूमिका निर्वाह गर्दछन् ।
घाईतेलाई मेडिकलले बुटवल रिफर गरेपछि म यहिँ भित्र पार्किङ गरि राखिदिन्छु तपाँई राम्रोसँग उपचार गरेर आउनुहोस् भन्दै मोटरसाईकलको साँचो चालकबाट लिई ति युवाले मोटरसाईकल चालकलाई घाईतेसँगै एम्बुलेन्समा बुटवलतर्फ पठाउँछन् । साँझ घाईतेको उपचार गरी लिईआएपछि मेडिकलमा गई मोटरसाईकल खोज्दा त मोटरसाईकल त सहयोगी युवाले मेरो साहुजीको मोटरसाईकल हो म लिएर जान्छु उतै घरमै पर्याईदिन्छु भनी लिएर गएको बताएपछि बल्ल रंगरेजले आफ्नो लु २० प ७०४४ नं को मोटर साईकल चोरी भएको थाहा पाउँछन् र तत्कालै इलाका प्रहरी कार्यालय सालझन्डीमा खबर गर्छन ।
त्यस्तै पौष १६ गते राती सैनामैना नगरपालिका वडा नं ७ आमी बजारको टेक बहादुर छन्तेलले सञ्चालन गरेको पसलबाट सामसुङ मोबाईल, रु १००, १०,५,२,१ का फुटकर नोटहरु गरी रु २,२१७।–(दुई हजार दुई सय सत्र) नगद र टेक बहादुर छन्तेलकै नामको मतदाता परिचय पत्रको सक्कल प्रति पनि चोरी भएकोमा १७ गते बिहान सालझन्डी प्रहरीलाई खबर हुन्छ ।
तत्काल खोजतलासको लागि ईलाका प्रहरी कार्यालय सालझन्डीको प्रहरीले राखेको चेकपोईन्टमा चोरिएको जस्तै हुलिया भएको हिरो मोटरसाईकल रोक्न खोज्दा भागेपछि मोटरसाईकललाई पिछा गर्दै जाँदा जिल्ला रुपन्देही कञ्चन गाँउपालिका २ गोफ्लापुर बस्ने २४ वर्षीया सागर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिन्छ । बुढाथोकीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले चलाएको मोटरसाईकल पौष ९ गते नै चोरी भएको मोटरसाईकल रहेको र उनलाई खानतलासी गर्दा १६ गते राती पसलबाट चोरी भएको सामान र पैसा, टेक बहादुर छन्तेलको मतदाता परिचयपत्र समेत गोजिबाट फेला परेपछि प्रहरीले निजलाई तत्कालै पक्राउ गर्छ । पक्राउ पछि प्रहरीले मोटरसाईकल धनी तौलिहवाका रंगरेजलाई सनाखत गराऊँदा आफुलाई सहयोगको बाहना गरी मोटरसाईकल चोरी गर्ने मानिस सागर बुढाथोकी नै भएको, मोटरसाईकलको नम्बर प्लेट समेत फेरि लु १७ प ४६५६ बनाईसकेको पाईएपछि र टेक बहादुर छन्तेलले आफ्नो किराना पसलमा चोरी गर्ने समेत उहिँ नै भएको भनि जाहेरी दिएकोमा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता र म्याद थप भई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता
प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

≪ Previous Post

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

Next Post ≫

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क