Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0
जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 
90
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा गठन गरिएको जी ट्वान्टी फाईभ क्लवले रक्तदान कार्यक्रम गरेको छ । क्लवले रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा विहिबार बुटवल ११ देवीनगर चौपारीमा रक्तदान कार्यक्रम गरेको हो ।
क्लवले वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यो सातौं रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा सुभेच्छुक समेत गरी ६५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक भेषराज अर्यालले जानकारी गराउनु भयो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नकुल शाहीले क्लवले गर्दै आएको सामाजिक काम प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा पनि क्लवलाई उक्तिकै सक्रिय राख्न आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष निर्मल नेपालले क्लवले सामाजिक उत्तरदायित्व बहन गरेर धेरै काम गरेको बताउँदै रक्तदान पनि सामाजिक उत्तरदायित्व भित्रको एउटा अंग भएको भनाई राख्नुभयो । उहाँले क्लवले प्रत्येक वर्ष साधारण सभाको अवसरमा रक्तदान गर्दै आएको जानकारी गराउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनु भयो ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष देवलाल अर्गाली, उपाध्यक्ष जगदिश न्यौपाने, रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक गणेश खनाल, क्लवका सचिव किशोर पंगेनी लगायतले भनाई राख्नु भएको थियो ।

≪ Previous Post

दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ

Next Post ≫

एफइसी धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क