तिलोत्तमा । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनुभयो ।
संस्थाले शेयर सदस्य रामप्रसाद सुवेदीको मृत्यु भएकोमा मृतकको परिवार देवी सुवेदीलाई कल्याणकारी कोष र बिमा बापत एकलाख रुपियाँ राहत स्वरुप हस्तान्तरण गरेको छ । संस्थाले बिगतदेखि नै मृतक सदस्यहरुको परिवारलाई राहतस्वप एकलाख रकम अनुदान दिंदै आएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तारानाथ कंडेलले सहकारीले सदस्यहरुको हितलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाएको र सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको बताउनुभयो ।
त्यस अवसरमा संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, स्थानीय टोल विकास संस्थाका अध्यक्ष बाबुराम रेग्मीलगायतले बोल्दै रक्तदान जस्तो पवित्र कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका अवसरमा रक्तदान गरेकाहरुलाई सहकारीको लोगो अंकित टिसर्ट र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाका गतिविधि र आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै हालसम्म संस्थाको कुल वासलात करिव ६८ करोड पुगेको जानकारी गराउनुभयो ।
उहांले हालसम्म बचत संकलन ५२ करोड १३ लाख २९ हजार रहेको, पाँचसय जना सदस्यलाई करिव ६१ करोड क्रृण लगानी गरिएको, आर्थिक वर्ष ०७८÷७९ को नाफाबाट १३.५ प्रतिशत बोनस प्रदान गरिएको बताउनुभयो । संस्थाले अनलाईन प्रणालीमार्फत संस्थाको कारोबार सुरु गरिसकेको पनि उहांले जानकारी दिनुभयो ।
