Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0
शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा
80
SHARES
ShareTweet

आमनागरिकको हितमा सामुदायिक वन संरक्षण गनुपर्र्दछ – सांसद घिमिरे
तिलोत्तमा । समाजको विकासका लागि सामुदायिक वनको दीगो विकास हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा सामूदायिक वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामुदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुको विकल्प नभएको उनीहरुले बताए ।
रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभामा बोल्ने वन उपभोक्ता तथा सरोकारवालाहरुले सामुदायिक वनको दीगो विकासले गरिबी निवारण गर्न सकिने तर्क गरेका छन् ।
चोरी निकाशी र अतिक्रमण हुनबाट सामुदायिक वनलाई जोगाएर वनलाई रोजगारसंग जोड्न सकिने पनि उनीहरुको भनाइ छ ।
साधारण सभामा बोल्दै रुपन्देही क्षेत्र नम्बर पाँचबाट निर्वाचित संघीय सांसद तथा नेकपा एमालेका नेता बासुदेव घिमिरेले सामुदायिक वनले आफ्ना कार्यक्रम सञ्चालन गर्न संघीय तथा प्रदेश वन ऐनसंग बाझिएका विषयमा सहजीकरण गर्ने बताउनुभयो ।
संघ र प्रदेशका शंसोधित वन ऐनहरु बाझिएकाले स्थानीय तहमा काम गर्न समस्या भएको उल्लेख गर्दै स्थानीय तहमा विकासका कामहरुलाई सहजरुपमा अगाडी बढाउन संघीय संसदबाट सहजिकरण गर्ने प्रतिवद्वता सांसद घिमिरेले जनाउनुभएको छ ।
आमनागरिकको हितमा सामुदायिक वन संरक्षण गर्नुपर्ने बताउंदै सांसद घिमिरेले भन्नुभयो –‘संघ र प्रदेशका केही ऐन कानुनहरु एक आपसमा बाझिदा काम गर्न समस्या भएकाले यस विषयमा म पहल गर्छु ।’
उहांले तिलोत्तमा र समग्र जिल्लाको फोहोरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउंदै तिलोत्तमा ८ र सैनामैना नगरपालिकामा फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गरेर वजेटको व्यवस्था मिलाउने प्रतिवद्वता जनाउनुभयो । तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर रिङरोडमा सञ्चालन हुने रेलले मानव वस्तीलाई केही असर नगर्ने बताउंदै रेल सञ्चालनमा कसैलाई पनि बिरोध नगर्न सांसद घिमिरेले आग्रह गर्नुभएको छ ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले सामुदाविक वनले जमिन जोगाएको बताउंदै सामुदायिक वनलाई रोजगार र पर्यापर्यटनसंग जोडेर आम्दानीको श्रोत बढाउन सकिने बताउनुभयो । वनमा खेर गैरहेको पातपतिंगरलाई जम्मा गरेर प्राङ्गारिक मल वनाउन सके एकातर्फ उर्वरा शक्तिको विकास हुने र अर्कोतर्फ सामुदायिक वनलाई राम्रो आम्दानीको स्रोत हुने वताउनु भयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनहरु उत्कृष्ट र सम्वृद्व भैसकेको बताउंदै सामुदायिक वनको दीगो विकासमा सबैको साथ सहयोग चाहिने बताउनुभयो ।
शंकर नगर सामुदायिक वन उपभेक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतले देशभरका सामुदायिक वन मध्ये शंकनर वन सामुदायिक वन उत्कृष्ट भएको बताउनुभयो । देशभर रहेका २२ हजार वढि सामुदायिक वनहरु मध्ये शँकरनगर सामुदायिक वन उत्कृष्ट भई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गर्नु हामी सवैका लागि गौरवको विषय भएको वताउनु भयो ।
पछिल्लो समय सामुदायिक वनलाई अतिक्रमित हुनबाट जोगाउन सफल भएको बताउंदै अझै पनि वन जोगाउन धेरै चुनौतिहरु रहेकाले भविश्यमा पनि अतिक्रमण हुनबाट जोगाउने गरी आमउपभोक्ता सचेत हुन आवश्यक रहेको अध्यक्ष वस्नेतले वताउनु भयो ।


कार्यक्रममा नेपाली कांगे्रस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष वेलप्रसाद शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका नगर उपाध्यक्ष राधिका श्रीस, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरी, अन्तर सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देही सचिव श्यामकला आचार्य, शँकरनगर सामुदायिक वनले गठन गरेको महिला उप समूहकी अध्यक्ष गीता बस्याल, अधिवक्ता खुमाकान्त पौडेल, पार्षद नविना भण्डारी, बासुदेव घिमिरे, शँकरनगर खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, शँकरनगर दुर्गादत्त माविका प्राचार्य चण्डीप्रसाद पाण्डे लगायतले बोल्दै सामुदायिक वन संरक्षणमा सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
शंकर नगर सामूदाविक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतको अध्यक्षता, उपाध्यक्ष कमला ज्ञवालीको स्वागत मन्तब्य र सचिव कालिका अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा सामुदायिक वनको सेवा क्षेत्र तिलोत्तमा १–४ का सामुदायिक विद्यालयमा अध्ययनरत एसईईमा उत्कृष्ट अंक ल्याउने र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रमाण–पत्र, छात्रबृत्ति र नगद सहयोग गरिएको थियो ।
यस्तै साधारण सभाको वन्द सत्रले अध्यक्ष रविन्द्र वस्नेतको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भुवन आचार्यको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोविन्द अर्यालको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको उपाध्यक्ष कमला ज्ञवालीले जानकारी गराउनु भयो ।

≪ Previous Post

एफइसी धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान

Next Post ≫

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क