Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0
बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार
130
SHARES
ShareTweet

बुटवल । बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा २ करोड मुल्य बराबरको कारोवार भएको आयोजकले बताएका छन् ।
राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार देखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरेको थियो ।
अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवले सहभागि स्टलधनीहरुलाई भने राम्रै व्यवसाय गर्ने अवसर प्रदान गरेको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।
सडक खाना महोत्सवले बुटवलको कालिका पथ दुलही झै सजिएकोले निकै मनमोहक बनेको थियो । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष रामप्रसाद गौगमले बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो ।
महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुतिले खाना महोत्सव निकै रमणीय बनेको थियो ।
तिन दिने यस पटकको खाना महोत्सवले बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न कोसेढुङ्गा सावित भएको दावि आयोजकले गरेका छन् ।

≪ Previous Post

बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने

Next Post ≫

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क