Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0
बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक, सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिने
110
SHARES
ShareTweet

बुटवल । बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र दर्ता नभएका इरिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
आइतबारदेखि दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको छ ।
अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरलाई सुन्दर, सफा र व्यवस्थित गर्दै कानुनी राज्यको रुपमा स्थापित गर्न बिनादर्ताका इरिक्सा सञ्चालनमा रोक लगाएको बताउनुभयो ।
उहाँले यसअघि नगरले तयार पारेको कार्यविधिअनुसार थप १ सय ८४ इरिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता इरिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिने बताउनुभयो ।
‘बुटवललाई व्यवस्थित शहर बनाउन सडकपेटी र सडक क्षेत्र ओगटेर सञ्चालन भइरहेका ठेला व्यवस्थापन गरेका छौं, हाटबजारभन्दा बाहिर सडक क्षेत्रमा बजार लगाउने किसान र व्यवसायीलाई हाटबजारभित्र ल्याउने काम भइरहेको छ, उहाँले भन्नुभयो–अब अनुमति नलिइ मनपरी रुपमा चलाएका इरिक्सा व्यवस्थापन गरेपछि बुटवल शहर केही व्यवस्थित हुनेछ ।’
राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताउनुभयो । उहाँले दर्ता नगरी सञ्चालन गरेका इरिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको व्यवस्थापन शुरु भएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेलले बुटवलमा दर्ता भएर सञ्चालन भइरहेका इरिक्सालाई नियमन गर्ने, करको दायरामा ल्याउने र त्यसरी कानुनी दायरामा नआउनेलाई खारेज गर्ने र नयाँ प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

≪ Previous Post

बुटवल कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

Next Post ≫

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क