काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ ।
संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको छ । संसद् सचिवालयको पत्रसंगै चोलेन्द्र पदमा फर्कने बाटो खुलेको छ ।
बुधबार सचिवालयले सो व्यहोराको पत्र पठाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । स्रोतका अनुसार उनी आजै प्रधानन्यायाधीशका रूपमा सर्वोच्चमा फर्कने तयारीमा रहेका छन् ।
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र
संसारपोस्ट संवाददाता
·
२१ मंसिर २०७९
·
0