Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0
नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल
90
SHARES
ShareTweet

काठमाडौं । नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल बनेको छ । १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । २ लाख ९८ हजार ३९१ मत पाएर आठौं स्थानमा रहेको एकीकृत समाजवादीले भने थ्रेस होल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता नपाउने भएको छ ।
२७ लाख १५ हजार २२५ मत पाएर नेपाली कांग्रेस दोस्रो दल बनेको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ ।
राप्रपाले ५ लाख ८८ हजार ८४९, जसपाले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।
प्रतिनिधिसभामा समानुपातिकबाट १ सय १० जना सांसद निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार दलहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ७, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले ५÷५ सिट प्राप्त गर्ने छन् ।
यो नतिजासँगै प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेस २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कूल ८९ सिटसहित पहिलो दल बनेको छ । प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७८ सिटसहित दोस्रो बनेको छ ।
तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ । पहिलो पटक संसद प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षको ७ सहित कूल २० सांसदसहित बलियो उपस्थिति जनाउनेछ ।
यसअघि एक सिटमा सिमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकबाट ७ गरी १४ सिट पु¥याएको छ ।
जनता समाजवादी पार्टीको प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सिमित हुँदा मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समनुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ ।
थ्रेसहोल्ड कटाउन नसकेका नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्दा ५ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । आयेगले मंसिर मसान्तसम्म राष्ट्रपति समक्ष चुनावको परिणाम बुझाउने तयारी गरेको छ ।

≪ Previous Post

भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखि फरार ब्यक्ति पक्राउ

Next Post ≫

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क