Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरधनीले चर्को घरभाडा वृद्धि गरेपछि बुटवलका होटल व्यवसायी सडकमा
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरधनीले चर्को घरभाडा वृद्धि गरेपछि बुटवलका होटल व्यवसायी सडकमा

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७९ · 0
घरधनीले चर्को घरभाडा वृद्धि गरेपछि बुटवलका होटल व्यवसायी सडकमा
90
SHARES
ShareTweet

भाडा बृद्धिको विरोधमा मिलनचोक स्थित होटल अल्फा इन प्रा.लि.मा तालाबन्दी

बुटवल, २५ भदौ । घर धनीले चर्को घरभाडा बृद्धि गरेको भन्दै बुटवलका होटल तथा रेष्टुरेन्ट व्यवसायी विरोधमा उत्रिएका छन् । उनीहरुले घरधनीले ज्यादती गरेको भन्दै सबै घरधनीले १५ प्रतिशत भाडा घटाउनुपर्ने माग गरेका छन् ।
बुटवलको नयाँ बसपार्क नजिक मिलनचोक स्थित होटल अल्फा इन प्रा.लि.का घरधनीले ब्यवसायीले तिर्नै नसक्ने गरी भाडाबृद्धि गरेर व्यवसायी दिनेश कार्कीलाई सडकमा पुर्याएको पनि उनीहरुले बताएका छन् । ब्यवसायीहरुले भाडा बृद्धि गरेर ब्यवसायीलाई सडकमा पुर्याएको भन्दै घरधनीको घरमा ताला बन्दी गरिदिएका छन् ।
सम्झौताको ४ वर्ष बांकी छंदै घरधनीले हरेक वर्ष ५ प्रतिशतका दरले घर भाडा बढाउने सहमति विपरित एकैपटक १३० प्रतिशतले भाडा बढाएपछि न्यायका लागि विभिन्न संघसंस्थाको रोहबरमा होटेलमा तालाबन्दी गरेको ब्यवसायी कार्कीले बताउनु भयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा घर बहाल सरोकार संघ रुपन्देही अध्यक्ष राजु लिगलले घरभाडा सम्बन्धमा विवाद भएपछि इलाका प्रहरी कार्यालयमा सहमति गरेर जाने सहमति विपरित घरधनीका आफन्तले गुण्डागर्दी शैलीमा व्यवसायीलाई विस्थापित गरी दोस्रो व्यक्तिलाई होटेल विक्रि गरेको बताउनुभयो । कोरोना महामारीले थला परेको व्यवसायमाथि घरधनीले ज्यादती गरेको भन्दै लिगलले सबै घरधनीले १५ प्रतिशत भाडा घटाउनुपर्ने माग गर्नुभयो ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले घरधनीको ज्यादतीले बुटवलमा दर्जनौ व्यवसायी असुरक्षित र विस्थापित हुने अवस्था सिर्जना भएको बताउनुभयो ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले कोभिडको माहामारीले थला परेको होटेल तथा रेष्टुरेन्ट व्यवसायमा घर धनीको चरम लापरवाहीका कारण रुपन्देहीका पर्यटन व्यवसायी पेशा नै छाडेर ताला चापी घर धनीलाई बुझाउन पर्ने बाध्यतामा पुगेको बताउनुभयो । बुटवलमा मनपरी घर भाडा बृद्धिको समस्या जटिल बन्दै गएको भन्दै अध्यक्ष गौतमले स्थानीय सरकारले घर बहालको मुल्य निर्धारण गर्न माग गर्नुभयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पूर्व अध्यक्ष समुन्द्र जीसीले सम्झौता अवधि र ८ लाख रुपैयां पेश्की रकम बांकी छंदै व्यवसायीलाई विस्थापित गर्ने उद्देश्यले चर्को भाडा वृद्धि गरेर व्यवसायीलाई अन्याय गर्ने घर धनीलाई कानुनी कठघरामा ल्याउन माग गर्नुभयो ।
घरधनीले मनोमानी भाडा बढाउने परिपाटीले महङ्गी बढ्ने, व्यवसायी विस्थापित हुने मात्र नभएर आत्म हत्यासम्मका घटना भएकाले स्थानीय, प्रदेश र संघीय सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति र ऐन बनाउन ब्यवसायीहरुले माग गरेका छन् ।

≪ Previous Post

दार्चुला बाढी अपडेट : मृतक पाँच जनाको सनाखत, सात अझै बेपत्ता

Next Post ≫

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा हरिष ढकाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क