Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा हरिष ढकाल
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा हरिष ढकाल

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७९ · 0
नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा हरिष ढकाल
80
SHARES
ShareTweet

बुटवल, २५ भदौ । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव रुपनी जिएम (बाँके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरूमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पूर्वी रुकुम), वसन्त बिक (अर्घाखाँची), अशोक पौडेल (कपिलवस्तु) र विमल पुरी (रुपन्देही) रहेका छन् ।
यसैगरि अधिवेशनले मनोज पौडेल (कपिलवस्तु), वसन्त गिरी (कपिलवस्तु), हरि शर्मा (नवलपरासी), सञ्जय रिजाल (प्युठान) र शम्भु पन्त (रुपन्देही) लाई सल्लाहाकारमा राखिएको छ ।
नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले फोटो पत्रकारिता पत्रकारिताको विधाको रूपमा रहेको बताउनुभयो । फोटो पत्रकारितामा लुम्बिनी प्रदेश अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रूपमा लाग्न आग्रह गर्नुभयो ।
महासंघका अध्यक्ष मनोज पौडेलले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरूलाई संगठित गर्न सफल भएको बताउनुभयो । महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रूपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यलाई सुझाव दिनुभयो ।
कार्यक्रममा निवर्तमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारिताको विधाका रूपमा रहेको फोटो पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउँदै फोटो पत्रकारिता तालिम तथा अन्तरक्रिया गर्ने बताउनुभयो । यसैगरि अधिवेशनले चितवनमा हुने केन्द्रीय महाधिवेशनमा केन्द्रीय प्रतिनिधि चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्ने गरी अध्यक्षलाई अधिकार दिइएको छ । यसैगरि प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको व्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ ।

≪ Previous Post

घरधनीले चर्को घरभाडा वृद्धि गरेपछि बुटवलका होटल व्यवसायी सडकमा

Next Post ≫

नवलपुरमा फोटो पत्रकार महासंघको अधिवेशन, अध्यक्षमा पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क