Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रकोप व्यबस्थापन समितिको प्रदेश स्तरीय भेला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रकोप व्यबस्थापन समितिको प्रदेश स्तरीय भेला

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
प्रकोप व्यबस्थापन समितिको प्रदेश स्तरीय भेला
60
SHARES
ShareTweet


मन्त्री नआएपछि सामुहिकरुपमा भेलाको उद्घाटन


तिलोत्तमा÷बुटवल, १४ साउन । प्रदेश पाँचमा प्रकोप व्यवस्थापनका क्षेत्रमा कार्यरत प्रकोप व्यबस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको भेला बुटवलमा सुरु भएको छ ।
प्रकोप व्यवस्थापनमा देखिएका समस्या र समाधानका सवालमा छलफल गर्नकालागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । सामुदायिक प्रकोप व्यबस्थापन समितिको राष्ट्रिय सञ्जाल नेपालले आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रममा प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी आउने कार्यक्रम तय थियो । निर्धारित समयभन्दा धेरै ढिला सम्म नआएपछि कार्यक्रमका अतिथिहरुले सामुहिक रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रकोप व्यवस्थापनमा संघ सस्थाले गर्ने प्रयास, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट भईरहेका सहयोग, कानूनी व्यवस्था लगायतका सम्वन्धमा छलफल भएको थियो ।
बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र, सेभ द चिल्डेन बुटवल र इन्द्रेणी ग्रामिण बिकास केन्द्रको सहयोगमा २ दिन चल्ने अन्तरक्रिया कार्यक्रममा प्रदेश पाँचका १२ वटै जिल्लाका प्रकोप व्यबस्थापन समितिका प्रतिनीधि सहभागि थिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशव आचार्यले प्रकोप व्यबस्थापनकालागि प्रदेश सरकार र स्वयम मन्त्रालय गम्भिर भएर लागेको बताउनु भयो । उहाँले प्रकोप व्यबस्थापनकालागि सरकार मात्रै नभएर समुदाय पनि गम्भिर बन्नुपर्ने भनाई राख्नुभयो ।
प्रकोप व्यवस्थापन समिति राष्टिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सूचना केन्द्रकी प्रतिनीधि लक्ष्मी कोईराला, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास, सेभ द चिल्डेनका अस्विर सारु, युएनएमएनका सुरज सुनार, राष्ट्रिय सञ्जालका उपाध्यक्ष नवराज गौतम, प्रदेश तदर्थ समितिका संयोजक साहबुद्धिन देवान, नेपाली सेनाका सेनानी रमेशजंग कुवँर लगायतले सम्भावित विपद न्यूनिकरणकालागि सरकारले प्रयाप्त ध्यान दिन नसकेका कारण वर्षेनी विपद आईरहेको भनाई राख्नुभएको थियो ।
त्यस अवसरमा बिकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक धर्मराज घिमिरेले प्रकोप व्यबस्थापनको क्षेत्रमा देखिएका समस्या र समाधानका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भेलाले प्रदेश स्तरीय सञ्जाल गठन गर्ने र प्रकोप व्यबस्थापनका क्षेत्रमा देखिएका समस्या र समाधानका बिषयलाई समेटेर प्रतिवेदन तयार गरि प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाईने राष्ट्रिय सञ्जालका अध्यक्ष कुर्मीले जानकारी दिनुभयो ।

≪ Previous Post

जाल थापेर नौ गोहीको हत्या, निकुञ्ज रमिते

Next Post ≫

अरुको मन कसरी जित्ने ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क