Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रवास ≫ अरुको मन कसरी जित्ने ?
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अरुको मन कसरी जित्ने ?

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
अरुको मन कसरी जित्ने ?
50
SHARES
ShareTweet

एजेन्सी

बुटवल, १४ साउन । कुनै कुनै मानिसलाई भेट भएपछि लामो समयसम्म याद रहन्छ । उसले कुरा गर्ने तरिका र उसको आत्मविश्वासले तपाईंलाई भित्रैदेखि प्रभावित पार्छ । तपाईं पनि उक्त व्यक्ति जस्तै बन्न सक्नुहुन्छ । यहाँ बताइएका टिप्स अपनाएर तपाईं मानिसहरूको मन जित्न सक्नुहुन्छ ।
बोलीचाली र व्यवहार
तपाईंको बोलीचाली र व्यवहारले नै तपाईंलाई अरूका अगाडि हिरो बनाइदिन्छ । त्यसैले कुराकानी र व्यवहारमा तपाईंले मिठास ल्याउनुभयो भने कुनै पनि व्यक्तिले तपाईंलाई बिर्सन सक्दैन ।
राम्रो देखिने
लगाउनका लागि सही कपडा छान्नुहोस् । तपाईंको रंगसँग मिल्ने कपडा छान्नुपर्छ । यसो गर्दा तपाईंले अर्को व्यक्तिमा गहिरो प्रभाव छोड्न सक्नुहुन्छ । सधैं फ्रेश देखिने कोशिश गर्नुस् ।
विचार गरेर बोल्ने
कुनै पनि कुरामा आफ्नो पक्ष राख्दा दुईचोटि अवश्य सोच्नुस् । आफू के बोल्दैछु, किन बोल्दैछु र त्यसको के प्रभाव पर्छ विचार गर्नुस् । जे कुरामा पनि प्रतिक्रिया नदिनुस् । तपाईंको सल्लाह कसैलाई चाहिएको छैन भने चुप लागेर बस्नुस् ।
अर्कालाई इज्जत
प्रायः मानिसहरू तल्लो वर्गकालाई राम्रो व्यवहार गर्दैनन् । तर तपाईं यस्तो नगर्नुस् । भाषामा कठोरता नल्याउनुस् । विशेषगरी महिलासँग कुराकानी गर्दा इज्जत दिनुस् ।
आत्मविश्वासी बन्नुस्
आत्मविश्वासले भरिएका मानिसलाई सबैले मन पराउँछन् । आफूभित्र नकारात्मक सोच आउन नदिनुस् । कुनै पनि काम गर्नुअघि त्यसको परिणामका बारेमा चिन्ता लिन नथाल्नुस् । सकारात्मक सोचका साथ अघि बढ्नुस् र आफ्नो जीत हुन्छ भनी विश्वास गर्नुस् ।
आफ्नो प्रशंसा नगर्नुस्
कोही कोही मानिस आफ्नो प्रशंसा आफैं गरिरहेका भेटिन्छन् । तपाईं बिर्सेर पनि यसो नगर्नुस् । आत्मप्रशंसा गर्नेलाई कसैले मन पराउँदैनन् । आफ्नो कामको मूल्यांकन अरूले गरेको राम्रो हुन्छ ।
जस्तो हो, त्यस्तै
मानिसहरूलाई प्रभावित पार्ने चक्करमा हामी अर्कैखालको बन्न खोज्छौं । यसो गर्दा हामी बिस्तारै आफ्नो पहिचान गुमाउन थाल्छौं । आफू जस्तो हुनुहुन्छ त्यस्तै रहनुभयो भने अरूको मन जित्न सक्नुहुन्छ ।
ताजा रहनुस्
सफा बस्नुस् र राम्रो पर्फ्युम प्रयोग गर्नुस् । तपाईं कतै जाँदा त्यहाँको वातावरण नै परिवर्तन होस् न । अनि अर्को मानिसको मनमा तपाईंको राज भइहाल्छ ।

≪ Previous Post

प्रकोप व्यबस्थापन समितिको प्रदेश स्तरीय भेला

Next Post ≫

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क