Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक र प्रहरीसँग १ मिनेट’ अभियान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक र प्रहरीसँग १ मिनेट’ अभियान

संसारपोस्ट संवाददाता · ६ असार २०७९ · 0
सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक र प्रहरीसँग १ मिनेट’ अभियान
100
SHARES
ShareTweet

बुटवल, ६ असार । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ‘चालक तथा याुत्रसँग १ मिनेट’ अभियान सन्चालन गरेको छ ।

दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालक र यात्रुमा सचेतना फैलाउन तथा सबैलाई जिम्मेवारी बोध गराउन ‘चालक तथा याुत्रसँग १ मिनेट’ अभियान सन्चालन गरिएकोे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘चालक र यात्रुसँग १ मिनेट’ कार्यक्रमको आईतबार सांझ बुटवल राजमार्ग चौराहमा शुभारम्भ गर्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नलप्रसाद उपाध्यायले प्रदेशमा हुने गरेका दुर्घटनालाई मध्यनजर गरेर दुर्घटना न्युनिकरणका लागि चालक र यात्रुलाई सचेत र जिम्मेवार बनाउनका लागि प्रहरीले नयाँ अभियानको थालनी गरेको बताउनु भयो ।
दुर्घटना बाजा बजाएर नआउने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको उपाय भएको बताउंदै उहांले यो अभियानले चालक र यात्रुहरुलाई सचेत र जिम्मेवार वनाउनुका साथै यात्रामा सहज वातावरण निर्माण गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
प्रहरी नायव महानिरिक्षक उपाध्यायले चालकहरुको सहजताका लागि आइतबार देखिनै प्रदेशका ४ स्थानमा रिफ्रेस सेण्टर संचालनमा आएको जानकारी गराउनु भयो ।

लामो दुरीका सवारी चालकलाई केहि समय आराम, फ्युल भर्ने र सवारी साधनको मरमत सम्भार समेत गर्न मिल्ने गरि कोहलपुर, लमही, सैनामैना र बर्दघाटमा रिफ्रेस सेण्टर संचालनमा आएका उपाध्यायले बताउनु भयो ।

अभियानको पहिलो दिन बुटवलको राजमार्ग चौराहामा रात्री बसका चालक तथा यात्रुहरुलाई यात्रामा अपनाउनु पर्ने सावधानीका बारे जानकारी गराइएको थियो । लुम्बिनी प्रदेशका सबै जिल्लामा अभियानकारुपमा कार्यक्रमको थालनी गरिएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले ४० भन्दा बढी यात्रु बोक्ने बसका चालकहरुलाई ट्राफिक प्रहरीले जरिवाना असुल गर्ने पात्रका रुपमा लिने गरेको भन्दै गुनासो गर्नुभयो । लामो गन्तब्य तय गरर हिडेका बसका चालकहरुलाई राम्रो ब्यबहार गरेर यात्रामा उत्साहित हुने वातावरण निर्माण हुने खालको ब्यबहार गर्न ट्राफिक प्रहरीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिंह थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सुरक्षित यात्रा अभियान नेपालका दिनेश पाण्डे, सुरक्षित यात्रा नेपालका कृष्णप्रसाद बेल्वासे लगायतले दुर्घटना न्युनिकरणका लागि सबैको सहकार्य आवशयक रहेको बताउनु भयो ।

≪ Previous Post

काठमाडौँबाट धनगढी जाँदै गरेको बसका सहचालक खहरे खोलामा बेपत्ता

Next Post ≫

बुद्धनगरका किशोरको शव तिनाउ खोलामा भेटियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क