Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ गृहमन्त्री खाँणको निर्देशन
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ गृहमन्त्री खाँणको निर्देशन

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0
भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ गृहमन्त्री खाँणको निर्देशन
160
SHARES
ShareTweet

बुटवल, ४ असार । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या जतिसक्दो छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ निर्देशन दिनुभएको छ । सुकुम्बासी तथा अव्यवस्थित बासोबासीको नाममा लामो समयदेखि जनताले भूमिहिनताको समस्या झेल्नु परेको भन्दै उहांले परिणाम देखिने गरी काम गर्न आयोगका पदाधिकारीलाइ निर्देशन दिनुभएको हो ।
राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री खाँणले आवश्यक प्रकृया पुरा गरी भूमिहिन सुकुम्बासीहरुलाइ जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । ‘तपाइहरु भूमिहिन सकुम्बासी तथा अव्यवस्थित बसोबासीलाइ जग्गा धनी पुर्जा वितरण गर्ने गरी काम गर्नुस । सरकारले के गर्नु पर्ने हो ? । बजेट कति चाहिन्छ, सुरक्षाकालागि के सहयोग गर्नु पर्ने हो ? सरकार तयार छ’ गृहमन्त्री खाँणले भन्नुभयो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी लगायत नेपाल सरकारका कुनैपनि कार्यालयको पहिलो दायित्व र जिम्मेवारी आयोगका पदाधिकारीहरुलाइ जिल्लामा सहयोग गर्नु हो भन्दै गृहमन्त्री खाँणले मातहतका सरकारी निकायलाइ पूर्ण सहयोग गर्न निर्देशन समेत दिनुभयो ।
सार्वजनिक जग्गाको संरक्षण र भूमिहिन तथा अव्यवस्थित वसोबासीहरुको समस्या समाधानको बिषयलाइ स्थानीय सरकारहरुले पनि पहिलो प्राथमिकतामा राखेर काम गर्न गर्नुपर्नेमा उहांले जोड दिनुभयो । ‘स्थानीय तहका प्रमुख तथा जनप्रनिधिहरुलाइ मेरो आग्रह छ तपाइहरुले आफ्नो पालिका भित्रका जनतालाई सम्पत्तिको स्वामित्व दिलाउने कामलाइ पहिलो प्राथमिकतामा राख्नुहोस् । सार्वजनिक जग्गाको संरक्षण गर्नुहोस्, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बासोबासीलाइ जग्गाको स्वामित्व दिलाउन भुमिका खेल्नुहोस् र आयोगलाइ सहयोग गर्नुहोस्’ गृहमन्त्री खाँणले भन्नुभयो ।
नागरिकलाइ सम्पत्तिको स्वामित्व दिलाउनु नेपाली काँग्रेसको मुख्य एजेण्डा भएको उल्लेख गर्दै उहांले सोही उद्देस्य प्राप्तिकालागि अधिकार सम्पन्न आयोग गठन गरिएको बताउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गृहमन्त्री खाँणले यसअघिका कम्युनिष्ट सरकारले आयोगका नाममा जनतालाइ झुक्याएर भूमिहिन तथा अव्यवस्थित बासोबासीको नाममा चुनावी राजनीति गरेको आरोप लगाउनु भयो ।
बर्तमान सरकारले सुकुम्बासी, भूुमिहिन तथा अव्यवस्थित बासोबासी सम्बन्धि समस्या सदाकालागि समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गरी काम अगाडी बढाएको उहांले बताउनु भयो । सरकारको मुख्य लक्ष्य प्राप्तिकालागि आयोगका पदाधिकारीहरुले जिम्मेबार भएर परिणाम देखिने गरी काम गर्नु पर्ने उहांले दोहोर्याउनु भयो । अवको निर्वाचनमा पनि गठबन्धनका दलहरु साथमै हुने दावी गर्दै उहांले आम निर्वाचन पछि पनि अहिले जस्तै जनताका काममा संगसंगै हुने बताउनुभयो ।
लुम्बिनी बुद्ध जन्मस्थल रहेको पवित्र र सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै उहांले लुम्बिनीको विकास र सम्बद्र्धन संगै रुपन्देहीको विकासकालागि सरकारले महत्वपूर्ण कार्ययोजना सहित बजेट विनियोजन गरेको स्मरण गर्नुभयो । बुटवलको मुख्य समस्याको रुपमा देखिएको ज्योतीनगरको पहिरो नियन्त्रण, चौराह–गोलपार्क ६ लेन सडक, तिनाउ पुलको मर्मत तथा बैकल्पिक पुल निर्माण जस्ता महत्वपूर्ण आयोजनाहरु सरकारको प्राथमिकताम रहेको उहांले बताउनु भयो । बुटवल सहित रुपन्देही जिल्लाको समग्र विकासमा कुनै कमि हुन नदिने पनि गृहमन्त्री खाँणले प्रतिवद्धता जनाउनु भयो ।
प्रतिनिधि सभा सांसद मिन विश्वकर्माले राष्ट्रिय भूमि आयोगले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या पूर्ण रुपमा समाधान गर्ने दावी गर्दै यो आयोग नै अन्तिम हुने गरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरौला, उपाध्यक्ष नोहेन्द्र खड्का, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री, आयोगका उपसचिव मणिप्रसाद रेग्मी लगायतले बोल्दै भूमिहिनको समस्या सधैकालागि अन्त्य हुने गरी काम अगाडी बढाइएको बताउनुभयो ।
पुर्जा वितरण गर्दा के कस्ता प्रकृया अपनाउनुका साथै के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने सम्बन्धमा भएका नीतिगत तथा कानुनी प्रकृया र व्यवस्थाका सम्बन्धमा प्रशिक्षणात्मक कार्यक्रम गरिएको थियो ।

≪ Previous Post

रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर

Next Post ≫

भारतीयको एकाधिकार : बुलेटमा लगानी, बालुवामा पानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क