Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवल सुन पसल चोरीमा संलग्न फरार व्यक्ति पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल सुन पसल चोरीमा संलग्न फरार व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0
बुटवल सुन पसल चोरीमा संलग्न फरार व्यक्ति पक्राउ
80
SHARES
ShareTweet

बुटवल, २७ बैशाख । बुटवलको अमरपथमा गत बैसाख १३ गते राति एक सुनचांदी पसलमा भएको चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड बढीको सुन र गहना चोरी भएको थियो । चोरी गरेर फरार अभियुक्तहरु भारत जौहरी मोहल्ला चौक लखनउ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ को मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ को मोहद जिशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक –२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ को मोहम्मद सारिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलिले खोजतलासको क्रममा बैशाख २६ गते साँझ लुम्बिनी साँस्कृतिक न.पा. वडा नं.–४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट युपि ३२ एल डब्लु ३१५१ वागनर गाडी चेकजाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १०÷१० ग्रामको सुनको बिस्कुट थान–२, २० ग्रामको सुनको बिस्कुट थान–१, सुनको गरगहना डल्लो बनाएको सुनको ढिक्का थान–१, सुनको पैसाको सिक्का आकारको गोलो थान–१, मोबाईल थान–३, नगद भा.रु. १०० को नोट ६० वटा, आधार कार्ड र एटिएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई प्रहरी हिरासतमा राखी निजहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भई रहेको रेग्मीले बताए ।

≪ Previous Post

एक करोड बढिको तिलोत्तमा बस टर्मिनल बन्ने कहिले ? खुलारुपमा नदी दोहन 

Next Post ≫

नांगोरुपमा आचारसंहिता उल्लंघन गर्ने अनलाइनहरु प्रेस काउन्सिलको कारवाहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क