Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘पार्किङ व्यवस्थापन, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारमुक्त नगर मेरो प्राथमिकता हुन्’ थम्मन पुन (कुलेन्द्र) : मेयर उम्मेदवार, सिद्धार्थनगर नगरपालिका (नेकपा एकीकृत समाजवादी)
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘पार्किङ व्यवस्थापन, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारमुक्त नगर मेरो प्राथमिकता हुन्’ थम्मन पुन (कुलेन्द्र) : मेयर उम्मेदवार, सिद्धार्थनगर नगरपालिका (नेकपा एकीकृत समाजवादी)

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0
‘पार्किङ व्यवस्थापन, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारमुक्त नगर मेरो प्राथमिकता हुन्’ थम्मन पुन (कुलेन्द्र) : मेयर उम्मेदवार, सिद्धार्थनगर नगरपालिका (नेकपा एकीकृत समाजवादी)
210
SHARES
ShareTweet

सानैदेखि कम्युनिस्ट पार्टीको राजनीतिमा लागेका थम्मन पुन (कुलेन्द्र) रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । युवाहरुमाझ लोकप्रिय उनी यतिबेला स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट सिद्धार्थनगर नगरपालिकाको मेयर पदका उम्मेदवार छन् । नगरलाई सबैको साझा चौतारी बनाउने आफ्नो योजना रहेको उनी बताउँछन् । यसै सन्दर्भमा रहेर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :

यहाँको राजनीतिक पृष्ठभूमि बारे केही बताइदिनुस् न ?
म सानैदेखि कम्युनिस्ट विचारधारा बोक्दै आएको छु । विगतमा एमालेमा हुँदा म युवा संघको रुपन्देही जिल्ला अध्यक्ष, तत्कालीन लुम्बिनी अंचलमा युवा संघको उपाध्यक्ष भएर काम गरेको छु । मसँग करिब तीन दशक लामो राजनीतिक अनुभव छ । म अहिले नेकपा एकीकृत समाजवादी पार्टीको रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख छु । पार्टीको जिम्मेवार पदमा रहेर काम गरेको छु नै यसबाहेक थुप्रै सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । युवाहरुको विचार, धारणालाई आत्मसाथ गर्दै अघि बढीरहेको छ ।

यहाँ सिद्धार्थनगरको मेयर उम्मेदवार हुनुहन्छ, चुनाव प्रचारप्रसार कस्तो चलिरहेको छ ?
हाम्रो पार्टीका साथीहरु र म अहिले नगरबासीको घरघरमा पुगिरहेका छौं । हाम्रो पार्टीको विचार, सिद्धान्त, नीति, नगरमा हामीले अघि सारेका एजेण्डाहरु नगरबासीलाई बुझाइरहेका छौं । अधिकांश नगरबासीको घर पुगिसकेका छौं । केही वडाहरुमा घरदैलो बाँकी छ । ती घरहरुमा पनि पुगेर हाम्रा एजेण्डा बुझाउने छौं । अहिलेसम्म जति घरमा गएका छौं, सबै मतदाताबाट युवाहरुलाई अवसर दिनुपर्छ भन्नु भएको छ । हाम्रो एजेण्डा मुलुक र नगरको हीतमा भएको प्रतिक्रिया पाएका छौं । हामीले नहुने र झुट्टा आश्वासन नबाँडेकै भएर होला, नगरबासीले मन पराउनु भएको छ ।

तपाइँले कस्तो एजेण्डा लिएर मतदाताकहाँ जानु भएको छ ?
हामीले मुख्यतः स्वास्थ्यमा जोड दिएका छौं । मानिस स्वस्थ रह्यो भने बल्ल उसले परिवार, समाज, नगर र सिंगो मुलुकका लागि योगदान दिनसक्छ । स्वास्थ्यमा हामीले सबै अस्पताल तथा स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गर्ने भनेका छौं । हरियाली सहर, स्वच्छ वातावरण, फोहोरमैला व्यवस्थापनमा जोड दिएका छौं । नागरिकको स्वास्थ्यको ग्यारेन्टीका कुरा गरेका छौं । बीमा गर्ने र सर्वसुलभ उपचार व्यवस्था मिलाउने योजना बनाएका छौं । यी माथिका कुरा कार्यान्वयन हुँदा नगरबासी धेरै मात्रामा स्वस्थ रहनुहुन्छ भन्ने हाम्रो विश्वास छ । यसका साथै हामीले शिक्षा, पर्यटन, पूर्वाधार विकास, पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगर लगायतमा जोड दिँदै ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छौं । प्रतिबद्धता पत्रमा उल्लेख भएका कुराहरु पूरा गर्न सकिने खालका छन् । झुट्टा र मतदाता भुलाउने किसिमका योजना बनाएका छैनौं । ‘हाम्रो नगर राम्रो नगर’, फोहोर प्रशोधन उद्योग निर्माण, पर्यटन र उद्योगमा आत्मनिर्भर नगर बनाउने योजना बनाएका छौं ।
नगरको मुख्य समस्याका रुपमा रहेको पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरुमा अन्डरग्राउन्ड पार्किङ्गको व्यवस्था मिलाउने, नगरको सर्वाङ्गीण विकासमा निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिकसमाज, टोल सुधार समिति, आमा समूहहरु जस्ता संघसंगठनको समन्वय, सहकार्य, सह–अस्तित्व र संस्कृतिको विकासमा जोड दिने, नगरका अधुरा योजनालाई पहिलो प्राथमिकतामा राख्ने र लक्षित कार्यक्रमलाई निरन्तरता दिंदै थप नयाँ कार्यक्रमलाई अगाडि बढाउने हाम्रो उद्देश्य छ । वातावरणीय दृष्टिकोणले सरसफाईयुक्त, प्रदुषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गर्ने, स्वास्थ्य वीमालाई कडाईका साथ कार्यान्वयन गर्ने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो बनाउने, एकीकृत सम्पत्ती करमा लक्षित वर्गलाई विशेष छुट दिने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरुलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री बनाउने योजना बनाएका छौं ।
अति विपिन्न परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष योजना अगाडि बढाउने, भएका योजनालाई निरन्तरता दिइने, सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहितको कोशेली भेट कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्र सफा खानेपानी, सार्वजनिक शौचालय र व्यावस्थित बधशालाको निर्माण गर्ने, नगरभित्र रहेका छाडा चौपाया र भुसिया कुकुरहरुलाई व्यवस्थित गर्ने, नगरभित्र रहेका मठमन्दिर, मस्जिद, गुम्बा र देवालयको उचित संरक्षण गरि भौतिक स्रोतसाधनको उपलब्धता गराइने छ । नगरभित्र शान्ति, अमनचयनको अनुभूति गराउनुका साथै भष्ट्राचारमुक्त नगरको रुपमा स्थापित गरिने छ । नगरमा भएगरेका र हुने पूर्वाधारहरुमा क्वान्टिटीमा भन्दा क्वालिटीमा जोड दिने, नगर क्षेत्र भित्र आइपर्ने समस्याहरु तथा जनगुनासाहरुलाई यथासक्य सुन्ने, बुझ्ने र समाधान गर्ने, बालशिक्षा, प्रौढ शिक्षा र आधारभूत तालिमलाई विशेष जोड दिने र नगरलाई पूर्ण साक्षर तथा दक्ष नागरिकको रुपमा अघि बढाउने, कला, साहित्य, संस्कृति, पत्रकारिता, खेलकुद र असल उद्योगी तथा समाजसेवीलाई सम्मान गर्ने हाम्रा एजेन्डा हुन् ।
नगरभित्र यत्रतत्र छरिएर रहेका अटोसर्विसहरुलाई उचित ठाउँमा व्यवस्थापन गरी ग्यारेज तथा सर्भिसिङ्ग गर्ने अटो व्यवसायलाई अटोभिलेजमा लैजाने र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, नगरमा आइपर्ने विपत, महामारी, प्राकृतिक प्रकोपको सामाना गरि जनतालाई हरपल साथ र सहयोग उपलब्ध गराउने, नगरभित्र रहेको खेतीयोग्य जग्गालाई विशेष संरक्षण गरी चक्लाबन्दी र खण्डीकरणको उचित व्यवस्थापन गर्ने हाम्रो प्रतिबद्धता हो । यस्तै, विषम परिस्थतिका कारण प्रायः ठप्प रहेका यहाँका व्यापार, व्यवसाय, होटल तथा रेष्टुरेन्टहरुलाई प्रोत्साहनका साथ अगाडि बढाउन विशेष पहल गर्ने, नगरमा रहेका जातजाती, भाषाभाषि, सम्प्रदाय सबैको आत्मसम्मान हुने गरी भौगोलिक रितीरीवाज, साँस्कृतिक परम्पराको महत्वलाई जोड दिंदै थप हौसाला पुग्ने काम गर्ने, लोपोन्मुख जाती, दलित, मधेसी, मुस्लिम, महिला, पिछडावर्ग, आदिवासी र सिमान्तकृत वर्गलाई विशेष ख्याल गरिने छ । अनाथ तथा सडक बालबालिकालाई उचित व्यवस्थापन गरिनेछ । नगरभित्र अवाञ्छनीय क्रियाकलाप, अपहरण, मानव वेचविखन, तस्करी, घरेलु हिसांजस्ता क्रियाकलापलाई निरुत्साहित गरिनेछ । न्यायिक समितिले गर्नुपर्ने नगरको समस्यालाई छिटोछरितो र प्रभावकारी ढंगबाट किनारा लगाई नगरबासीहरुलाई न्यायको प्रत्याभूति दिइने र ७५ वर्ष पुगेका जेष्ठ नागरिहरुलाई घरघरमा पुगेर सेवा उपलब्ध गराउने छौं । युवा वर्गलाई सम्मान गर्दै ४० वर्ष भन्दा कम उमेरका कम्तिमा ४० प्रतिबत युवालाई नेपालको राष्ट्रिय राजनीतिको मूलधारमा समावेश गर्दै नेपालमै रोजगारीका अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं ।

नगरबासीले यहाँलाई नै किन मत दिने ?
म सानैदेखि राजनीतिक यात्रामा छु । नगरको मात्रै होइन्, सिंगो मुलुकको अवस्थासँग परिचित छु । नगर कस्तो गराउने भन्ने प्रष्ट योजना छ । मैले युवादेखि बृद्धासम्म, गरिबदेखि धनाढ्यसम्मको समस्या, पीरमर्का बुझेको छु । युवालाई अघि बढाए काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण बन्न चाहान्छु । मेरो राजनीतिक जीवनमा मैले नेतृत्व लिएको संस्था जहिल्यै पनि सफल भएको छ । नगर विकासको स्पष्ट खाका कोरेर हिंडेको छु । यसकारण पनि नगरबासीले मलाई मत दिनुपर्छ भन्ने लाग्छ ।

यहाँका जित्ने आधारहरु के हुन् ?
मेरो जितको आधार भनेकै आम मतदाता नै हुनुहुन्छ । अर्कातर्फ हाम्रो संगठन नगरमा बलियो छ । सबैको भावना बुझ्न सक्ने व्यक्ति म हुँ । युवा हुँ, जोस, जाँगर छ । नगरलाई सबैको साझा फूलबारी बनाउने मेरो लक्ष्य छ । घरदैलोमा मैले नगरबासीबाट अथाहा माया पाएको छु । मेरो सपना छ, नगर सफा होस्, यहाँका युवा स्वरोजगार होउन्, बृद्धबृद्धाको सम्मान होस् । उद्योग व्यवसाय गर्ने हरेकले शान्ति सुरक्षाको अनुभूति गर्न पाओस् । खेलाडी उत्पादन होउन्, हरेक मानिस स्वस्थ होस् । अर्कातर्फ शान्त वातावरण, स्वच्छ हावा, हरियाली सहर होस् । नगरपालिका र नगर प्रमुखलाई सबैले साझा फूलबारी सम्झेर अपनत्व ल्याउन भन्ने मेरो चाहाना हो । यी मेरा योजना र सबैको माया, सद्भाव नै जितका आधारहरु हुन् ।

≪ Previous Post

गठबन्धन राष्ट्रिय आवश्यकता हो, गठबन्धनप्रति सबै प्रतिवद्ध बनौं : प्रधानमन्त्री देउवा

Next Post ≫

बुटवलमा गठबन्धनका उम्मेदवारलाई भोट माग्दै उद्योगी व्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क