Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्छ :मुख्यमन्त्री के.सी.
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्छ :मुख्यमन्त्री के.सी.

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७८ · 0
उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्छ :मुख्यमन्त्री के.सी.
90
SHARES
ShareTweet

भैरहवा, २२ चैत्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी उद्योगको प्रचुर सम्भावना बोकेको प्रदेश रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशमा उद्योगका लागि प्रयाप्त जमिन रहेको बताउदै उहांले विभिन्न ढंगले उद्योग क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ईट्टा उद्योग महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाको बुधबार भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री के.सी.ले भन्नुभयो–‘हामीलाई विश्वास छ, आयात र निर्यातको हिसाबले सिमेन्ट जस्तै ईट्टालाई पनि अर्को मार्केटिङ सेन्टरको रुपमा अगाडी बढाउन सकिन्छ ।’ लुम्बिनी प्रदेशमा १८ वटा सिमेन्ट उद्योग रहेका छन् भन्दै उहांले निर्माण सामग्रीमा लुम्बिनी प्रदेश धेरै आत्मनिर्भर हुँदै गएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री के.सी.ले दुई वर्ष कोभिड महामारीका कारण सामाजिक, आर्थिक, व्यक्तिगत जीवनका साथै राज्य स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको बताउनुभयो । ‘हामीसंग कार्यसम्पादनमा कैयौं अन्तरविरोध छन्, संघ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्ने र त्यसको संरक्षण, प्रवद्र्धन गर्नुपर्ने कार्यमा कार्यविभाजन नहुँदा समस्या छ ।’ उहांको भनाई छ ।
प्रदेश र संघको साझा सूचिका विषय टुंग्याउन सके आफ्नै ढंगले निर्देशन दिएर उद्योगहरु फस्टाउन सक्ने भन्दै उहांले उद्योग फस्टाउन नसके प्रदेश र स्थानीय तह बलियो हुन नसक्ने बताउनु भयो । नियम, कार्यविधि र कार्यविभाजनको क्षेत्रमा अझै एकात्मक सोच भएको र पुरानो ढर्राको प्रवृति जीवित भएको मुख्यमन्त्री के.सी.ले बताउनुभयो । जलस्रोतको धनी देश नेपालमा बिजुली बाहिर बेच्नु भन्दा कोइलाको खपतलाई बिजुलीबाट खपत गर्न सके उद्योगहरु धेरै फस्टाउने र स्थायित्व समेत हुने उहांको भनाइ थियो ।
कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर बहादुर चन्दले मधेश प्रदेश पछि सबैभन्दा बढी ईट्टा उत्पादन गर्ने लुम्बिनी प्रदेश भएको बताउनुभयो । उहांले तमाम नागरिकलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगार दिएको ईट्टा उद्योग धरासायी हुँदै गएको बताउंदै ईट्टा उद्योग सबै किसिमले जोखिमयुक्त उद्योग भएकाले सरकारले ईट्टा उद्योगीका माग पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारले केही न केही उपलब्धीपूर्ण काम गर्नेछ भन्ने आशा रहेको भन्दै उहांले यसअघि भन्सारमा कोइलाको गुणस्तर चेकजाँच गर्ने मेशिन उपलब्ध गराउने वाचा पाए पनि त्यो कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा नेपाल ईट्टा उद्योग महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीले काँचो ईट्टाको बीमा गर्ने व्यवस्था नभएको भन्दै गुनासो गर्नुभयो । उहांले मुलुकको आमुल परिवर्तनमा ईट्टा उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै ईट्टा उद्योगी व्यवसायीहरु केवल उद्योग व्यवसाय सञ्चालन मात्र गरेका छैनन् विभिन्न क्षेत्रमा विशेष योगदान रहेकाले ईट्टा उद्योगीका माग सम्बोधन कहिले हुन्छ भन्ने प्रश्न गर्नुभयो ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा ईट्टा उद्योग संघ लुम्बिनी प्रदेश संयोजक थानेश्वर घिमिरेले ईट्टा उद्योग अभावैअभावमा बाँचेको बताउनुभयो । उहांले सरकारबाट कुनै सहयोग र सुविधा पाउन नसकेको गुनासो गर्दै ईट्टाको बीमाको व्यवस्था नहुनु, सरकारबाट कोइलाको व्यवस्था नहुनु, काठ दाउराको व्यवस्था हुन नसकेको कारण उद्योगी मारमा परेको भनाई राख्नुभयो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले उद्योगी व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका प्रेस सल्लाहकार गुनाराम घिमिरेले ईट्टामा नेपाल आत्मनिर्भर भएको बताउनुभयो ।
नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारको अध्यक्षता, थानेश्वर घिमिरेको स्वागत तथा महासचिव कृष्ण कुमार अवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघका वरिष्ठ सल्लाहकार गुप्ता सम्मानित


यसैबीच ईट्टा उद्योगको विकासमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल ईट्टा उद्योग महासंघले महासंघका वरिष्ठ सल्लाहकार रतन कुमार गुप्तालाई सम्मान गरेको छ । महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाको अवसर पारेर गुप्तालाई सम्मान गरिएको हो । उहांलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी., नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार, महासचिव कृष्ण कुमार अवाल लगायतले सम्मानपत्र प्रदान गर्नुभयो । सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख समेत रहेका गुप्तालाई संघमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सोही कार्यक्रममा उद्योगी बलराम आश्वासी, लाल बहादुर गौचन तथा भारत पाकिस्तान लगायतका देशमा फायर मास्टरका रुपमा प्रशिक्षण दिने युवा उद्योगी सोना ईट्टाका विक्रमरत्न बज्राचार्य र नम्बर वान ईट्टाका गोकर्ण खड्कालगायतलाई पनि सम्मान गरिएको थियो ।
पत्रकारद्वय भट्टराई र ढुंगाना सम्मानित


त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई र माधव ढुंगाना लाई पनि महासंघले सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै पत्रकारद्वयलाई नेपाल ईट्टा उद्योग महासंघले सम्मान गरेको हो ।

≪ Previous Post

सिद्धार्थ नगरमा पाँच दलिय चुनावी संयन्त्र गठन गरिने

Next Post ≫

काँग्रेस लुम्विनी प्रदेशको मुख्य सचिवमा मोहन शर्मा नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क