Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0
नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित
70
SHARES
ShareTweet

नवलपुर, २० पुस । पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल पुन निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेको एकल प्यानलबाट उम्मेदवार बनेका भुसालले सत्ता पक्षीय गठबन्धन नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गर्दै प्रगतिनगर खानेपानीको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा भुसालले निकटतम प्रतिद्वन्दी पौडेललाई ५ सय ५९ मतअन्तरले पराजित गर्नुभयो । भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणी भुसालले जित हात पार्नुभएको छ । इन्द्रमणी भुसालले कुल १ हजार ६ सय ९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका एकल उम्मेदवार सूर्यप्रसाद दवाडीलाई २१ मतान्तरले पराजित गर्नुभयो । सचिवका उम्मेदवार दवाडीले १ हजार ६ सय ७८ मत प्राप्त गर्नुभयो ।
सचिवमा निर्वाचित इन्द्रमणि भुसाल यस अघि पनि खाने पानी संस्थाको सचिव हुनुहुन्थ्यो । त्यसैगरी लेखा समिति संयोजकमा नेकपा एमालेका एकल उम्मेदवार रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी लिलाधर अधिकारीले १ हजार ५ सय ५३ मत ल्याउनु भएको छ ।
लेखा महिला सदस्य पदमा गीताकुमारी रिजाल न्यौपाने र खुला तर्फ शिवलाल पराजुली बिजयी हुनुभएको छ । दुवै जना एमालेका एकल प्यानलका उमेदवार हुन् ।
यसैगरी खानेपानी संस्थाको ब्लक नं १ बाट गठवन्धनकी उम्म्ेदवार लक्ष्मी तिवारी सदस्यमा विजयी हुनुभएको छ । त्यसैगरी ब्लक २ बाट सदस्यमा एमालेका एकल उमेदवार टोपबहादुर न्यौपाने, ब्लक नं. ३ बाट सत्ता गठबन्धनका नन्दुलाल धिताल, ब्लक ४ मा एमालेका एकल प्यानलका उमेदवार दीना पराजुली, ब्लक ५ एमालेका गुणा भण्डारी विजयी हुनुभएको छ ।
यस्तै ब्लक ६ मा संयुक्त गठबन्धनका ओमप्रसाद सारु, ब्लक नं ७, ८ र ९ मा एमाले एकल प्यानलका उमेदवारहरु दुर्गादेवी विष्ट, कृष्णकुमार श्रेष्ठ र जसबिर पुलामी सदस्यमा विजयी हुनुभएको छ ।

≪ Previous Post

कपिलवस्तुको बाणगंगामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

Next Post ≫

नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क