Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा
80
SHARES
ShareTweet


संसार पोष्ट
तिलोत्तमा, ११ साउन । तिलोत्तमा क्रिकेट प्रिमियर लिग २०७६ को तेस्रो संस्करण आगामी असोज २५ गतेदेखि हुने भएको छ । आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिले शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवश्यक तयारी शुरु भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आयोजक तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युत ढुंगानाले प्रदेश स्तरिय हुने प्रतियोगिताको पुरस्कार राशी समेत एक लाख वृद्धि गरिएको जानकारी गराउनु भयो । कार्यक्रम संयोजक दिपक भुर्तेलले प्रतियोगिताको विजेतालाई नगद ४ लाख रुपैयाँ, उपविजेता टिमलाई नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा म्यान अफ दी सिरिजलाई नगद २० हजार र शिल्डबाट पुरस्कृत गरिने बताउनु भयो ।
यस्तै विधागत रुपमा बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई नगद १० हजार र शिल्ड, इमर्जिङ प्लेयरलाई नगद ५ हजार र शिल्ड तथा हरेक प्रतियोगितामा भ्यालुयवर प्लेयर र पचास रन बनाउने खेलाडीलाई नगद १ हजार र शिल्डबाट पुरस्कृत गरिने छ । यसैगरि एक जना टिमलाई टिम फेयर प्ले अवार्ड घोषित गर्दै नगद ४० हजार तथा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित गर्दै नगद एक हजार ५ सयबाट पुरस्कृत गरिने छ ।
आयोजकका अनुसार प्रतियोगिता आयोजनाका लागि कुल २५ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा रुपन्देही जिल्ला क्रिकेट समितिका अध्यक्ष प्रशान्त विक्रम मल्लले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

सिद्धिबिनायक ग्रुपको बजार प्रतिनिधिलाई सम्मान

Next Post ≫

नेवा पुच ः बुटवलको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क