Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ दिवसमा रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७८ · 0
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ दिवसमा रक्तदान
70
SHARES
ShareTweet

बुटवल, १३ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औ विश्वविद्यालय दिवसको अवसरमा सोमबार रक्तदान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा बुटवल सिटि कलेजमा सोमबार रक्तदान गरिएको हो । रक्तदान कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले रक्तदातालाई ब्लड ब्याग वितरण गरि उद्घाटन गर्नुभयो । उहांले हामीले दान दिएको कारण नै संसार राम्रो देख्छौ र यसले हौसला बढाउन मद्दत मिल्ने बताउनु भयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखनाथ भण्डारी, सिटि कलेजका संयोजक बल बहादुर पाण्डे, विश्वविद्यालयका अधिकृत चुरामणि पोखरेल लगायतले बोल्दै रक्तदान सम्बन्धि भ्रमहरुलाई चिर्न जरुरी रहेको बताउनु भयो । नेपालमा सबैभन्दा बढि रक्तदान गर्ने रक्तदाता प्रेम सागर कर्माचार्यको अनुभवबाट रक्तदानबाट कुनै नकारात्मक असर गर्दैन भन्ने प्रमाणित भएको र यसवाट रक्तदातामा थप उर्जा प्राप्त हुने बताउनु भयो ।
रुपन्देहीको रक्तसंचार केन्द्रमा प्रत्येक वर्ष साढे २७ हजार युनिट रगत संकलन भएर वितरण हुँदै आएको छ भने नेपालमा ३ लाख युनिट रगत संकलन भएर विवरण हुने गरेको छ ।
नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखनाथ भण्डारीले प्रत्येक महिनाको तेस्रो शनिबार रक्तदान अभियान चलाउन शुरु गरेको बताउनु भयो । बिरामीका आफन्तहरु रगत लिन जांदा शोधभर्ना गर्नुपर्ने बाध्यता आईपरेको भन्दै यसलाई अन्त्य गर्न न्युनतम ३ हजार युनिट रगत पुराउन सके यो समस्या समाधान हुने बताउनु भयो ।
कार्यक्रममा पन्ध्रपार्टी टोल विकास संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीले संरक्षण गरिएको जग्गामा विश्वविद्यालय स्थापना गरि शिक्षाको ज्योति जगाउने काम भएको बताउनु भयो । कार्यक्रम संयोजक मोहनलाल भण्डारीले ५६ युनिट रगत संकलन भएको जानकारी गराउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप

Next Post ≫

बुटवल राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क