Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७८ · 0
तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप
70
SHARES
ShareTweet

तिलोत्तमा, १३ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोना विरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामैं खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोना विरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको भनाइ छ ।
तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झण्डै २७ हजार नगरबासी रहेको अनुमान छ । नगरमा झण्डै ४८ हजार जनाले यसअघि नैं कोरोना विरुद्धको खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक छ ।
यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगरबासीले पनि तोकिएको समयसीमा पूरा भएको अवस्थामा सोमबार र मंगलबार खोप लगाउन सक्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
हरेक वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यक्षेत्रमा रहेका नागरिक खोपबाट नछुटुन् भनेर आ—आफ्नो तरिकाले सूचना प्रकाशन, माइकिङ, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्वास्थ्य स्वयमंसेविका मार्फत् प्रचारप्रसार गरेका छन् । नगर प्रमुख बासुदेव घिमिरेले कोरोना विरुद्धको खोपबाट १८ वर्षमाथिका कुनै पनि नगरबासी नछुटुन् भनेर सूचना प्रवाह टोलस्तरमा पुर्याइएको बताउँदै आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सबै नगरबासीलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

नेपाली काँग्रेस महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक

Next Post ≫

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ दिवसमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क