काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन समितिले आज (सोमबार) साँझ प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।
प्रकाशित कार्यतालिका अनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै मंसिर १७ गते बिहान ८ बजे देखि ११ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । १७ गते साँझ साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र १८ गते बिहान ८ बजेदेखि मतदान कार्य शुरु हुने कार्यतालिका छ ।
यसैगरी केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ । नयाँ कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
हेर्नुहोस् निर्वाचन कार्यतालिका :
