बुटवल, १४ मंसिर । उद्योग ब्यापार संघ बुटवलले बुटवलको राममन्दिर लाइनमा ट्राफिक बोर्ड राखेको छ । बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्ने समस्याले व्यवसायमा असर परेको भन्दै संघले ‘नो पार्किङ’ लेखिएका २५ वटा बोर्ड सो क्षेत्रमा राखेको हो ।
मंगलबार एक कार्यक्रमबीच उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक(डीएसपी) मोहनबहादुर खाँडलाई ट्राफिक बोर्ड हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष गैरेले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक व्यवस्थापनमा सहजता पु¥याउन ट्राफिक प्रहरीसंग सहकार्य गरिएको बताउनुभयो ।
यस्तै प्रहरी नायव उपरीक्षक खाँडले संघले गरेको कामको सराहना गर्दै ट्राफिक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विष्णु पाण्डे, महासचिव मदन जीसीले पनि आफ्ना धारणा राख्नुभएको थियो ।
